बीरभूम, 11 मार्च (हि. स.)। दोल पूर्णिमापूर्व मंगलवार शान्तिनिकेतनस्थित विश्वभारती विश्वविद्यालय परिसरमा पारम्परिक बसन्त उत्सव मनाइयो। मुख्य उत्सवको शुरूआत मंगलवार बिहान बैतालिक तथा प्रातःकालीन कार्यक्रमबाट गरियो जसको समापन 'रंगिये दिए जाओ' गीतसितै गरियो।
सूत्र अनुसार यस वर्ष विश्वभारती प्राधिकारीले परिसरभित्र अबीर वा रंग खेल्ने अनुमति दिएको छैन। यस निर्णयको विरोधमा विद्यार्थीहरूले ठूलो उत्साहको साथमा महोत्सवमा भाग लिए। यद्यपि विद्यार्थीहरूलाई विश्वभारती परिसर बाहिर अबीर खेलेको देखियो। माहोल पारम्परिक प्रदर्शन, गीत एवं नृत्यहरूबाट जीवन्त भयो। वसनोत्सव अवधि शान्तिनिकेतनमा ठूलो संख्यामा मानिसहरूक भीड़ देखियो।
विश्वभारती सूत्र अनुसार रवीन्द्र भवनलाई मंगलवार पर्यटकहरूको लागि बन्द राखियो। यसै अनुसार आज वसन्तोत्सव विद्यार्थी, प्रोेफेसर एवं श्रमिकहरूसित मनाइयो। विश्वभारती प्राधिकारीहरूले यस उत्सवलाई वसन्त वन्दनाको संज्ञा दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा