ब्राउन शुगरसितै युवक पक्राउ
ब्राउन शुगरसितै युवक पक्राउ


सिलगढ़ी, 11 मार्च (हि. स.)। बागडोगरा थानाको पुलिसले भारी मात्रामा ब्राउन शुगर सहित एकजना एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको नाम अब्दुल गफ्फर हो जो मालदा जिल्लाको कालियाचक निवासी रहेको बताइएको छ।

सूत्र अनुसार गुप्त सूचनाको आधारमा बागडोगरा थानाको पुलिसले मंगलवार शाम मुनि चिया बगान संलग्न क्षेत्रमा अभियान संचालन गरी एकजना संदिग्ध अब्दुल गफ्फारलाई पक्राउ गऱ्यो। अब्दुलको जाँच गर्दा 95 ग्राम ब्राउन शुगर भेटियो जुन कसैलाई दिनको लागि अब्दुलले ल्याएको थियो। त्यसपछि आरोपी युवकलाई एऩडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी पक्राउ गरियो। आरोपी युवकलाई बुधवार सिलगढ़ी अदालतमा पेश गरिनेछ जहाँ पुलिसले आरोपीलाई रिमाण्डमा लिने माग गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande