बारासात (उत्तर 24 परगना), 11 मार्च (हि. स.)। विधानसभा चुनाउपूर्व नक्कली मतदाता विवाद सामु आएपछि मंगलवार राज्य विधानसभामा एउटा ठूलो खुलासा भएको छ। बनगाउँ सांगठनिक जिल्लाका तृणमूल अध्यक्ष विश्वजीत दासले मंगलवार सो जानकारी दिएका हुन्।
सूत्र अनुसार बनगाउँ सांगठनिक जिल्लाका पाँचवटा विधानसभा क्षेत्रहरू क्रमैले बागदा, बनगाउँ उत्तर, बनगाउँ दक्षिण, गाईघाटा औ स्वरूपनगरमा मतदाता सूची संशोधनको कार्य लगभग 25 प्रतिशत पूरा भइसकेको छ।
तृणमूल अध्यक्ष विश्वजीत दासले मंगलवार बनगाउँस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित एक संवाददाता सम्मेलनमा भने, अहिलेसम्मको कार्यमा लगभग 10-12 हजार नक्कली मतदाता पाइएको छ। एउटै एपिक नम्बरबाट दुईवटा स्थानमा भोट प्राप्त भएको छ। यहाँसम्म कि क्षेत्रका केही मतदाताहरू यस्ता पनि छन् जसको अस्तित्व नै छैन।
यस सम्बन्धमा जिल्ला तृणमूल कंग्रेसक पक्षबाट बनगाउँ एसडीओलाई लिखित सिकायत सुम्पिइएको छ। भनिन्छ, अहिले पनि धेरै काम बाँकी छ। काम पूर्ण भएपछि आँकड़ा पनि प्रकाशमा आउनेछ। तथापि बनगाउँ जिल्ला भाजपा अध्यक्ष देवदास मण्डलले तृणमूल कंग्रेस जिल्ला अध्यक्षको बयानको कड़ा विरोध गरे।
स्मरण गराइन्छ, ममता ब्यनर्जीले हालैमा नेताजी इण्डोर स्टेडियममा नक्कली मतदाताहरूको मुद्दा उठाएकी थिइन् साथै पार्टी कार्यकर्ताहरूलाई यी मतदाताहरूको शीघ्र पहिचान गर्ने निर्देश दिएकी थिइन्। नेताको निर्देशलाई मध्यनजर गर्दै सुजीत बसुले मतदाता सूचीको शीघ्र समीक्षा गरे अनि नक्कली मतदाताहरूको पहिचान गर्ने आदेश दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा