देशलाई 15-20 वर्षमा 30 हजार पायलटहरूको खाँचो पर्नेछः राममोहन नायडु
देशलाई 15-20 वर्षमा 30 हजार पायलटहरूको खाँचो पर्नेछः राममोहन नायडु


नयाँ दिल्ली, 11 मार्च (हि.स.)। केन्द्रिय नागरिक उड्डयन मन्त्री के. राममोहन नायडुले मंगलवार भने, भारतलाई आगामी 15-20 वर्षमा 30 हजार पायटलको आवश्यकता पर्नेछ। यसले गर्दा घरेलु एयरलाइनहरूले आफ्नो नोटवर्क विस्तार गर्नको लागि 1,700 भन्दा अधिक विमानहरूको अर्डर दिनुछ भने वर्तमानमा 800भन्दा अधिक विमान छ। केन्द्रिय नागरिक उड्डयन मन्त्रीले एयरो क्लब अफ इण्डिया औ शक्ति एयरक्राफ्ट इण्डस्ट्रीजबीच 200 प्रशिक्षक विमानहरूको अर्डर गर्नको लागि सम्झौता ज्ञापन (एमओयू)-मा हस्ताक्षर गरेको अवसरमा मुख्य अतिथिको रूपमा बोलिरहेका थिए। नायडुले भने, हाल 6 हजारदेखि 7 हजार पायलटले काम काम गरिरहेका छन्। देशलाई आगामी 15-20 वर्षमा 30 हजार पायलटहरूको आवश्यकता पर्नेछ। राममोहन नायडुले भने, एयरो क्लब अफ इण्डिया र शक्ति एयरक्राफ्ट इण्डस्ट्रीजबीच सम्झौता ज्ञापनमा हस्ताक्षर भएको अवसरमा मुख्य अतिथि हुन पाउँदा सम्मानित महसूस गरिरहेको छु। उनले भने, अधिकारीहरूले 38 उड़ान प्रशिक्षण संगठन (एफटीओ)- का विभिन्न पक्षहरूको सत्यापन गरिरहेका छन् साथै यी संगठनहरूको रेटिंग गरिनेछ। उनले भारतलाई प्रशिक्षण केन्द्र बनाउने वकालत गरे। उनले भने, मन्त्रालयले विमानन उद्योगको लागि सामूहिक दृष्टिकोणको साथमा काम गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande