दार्जिलिङ, 11 मार्च (हि.स.)। दार्जिलिङको साउथफिल्ड कलेजका सामाजिक कल्याण संस्था 'मुस्कान' को आयोजनामा एक स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। दार्जिलिङ जिल्ला अस्पतालको सहयोगमा आयोजित यस शिविरमा अस्पताल पक्षबाट डा. सिबोरानी बाग, डा. आदिल एम. नर्स माया देवान, रूबिना प्रधान, दीपशिखा थापा, श्वेता राई, भावना लिम्बू, खुशी थापा साथै प्रशान्त सुब्बा उपस्थित रहेका थिए।
यस शिविरमा विद्यार्थी र शिक्षक शिक्षिका लगायत 75 जनाभन्दा धेरैको स्वास्थ्य जाँच गरियो, जसमा रक्त परीक्षण, ब्लड प्रेसर जाँच, हेपटाइटिस बी साथै अन्य रोगहरूको जाँच सामेल छन्। अस्पतालबाट विभिन्न रोग निको पार्ने औषधि पनि वितरण गरियो।
कार्यक्रमको पहिलो चरणमा स्वास्थ्य सम्बन्धित विभिन्न विषयहरूमा अस्पताल पक्षबाट विद्यार्थीहरूलाई सचेत गराइयो। यस स्वास्थ्य जाँच शिविरलाई सफल बनाउनका लागि सहयोग प्रदान गरेकोमा कलेजले दार्जिलिङ जिल्ला अस्पतालका अधीक्षकप्रति कृतज्ञता प्रकट गरेको छ।
हिन्दुस्थान समाचार / हनोक