सिलगढ़ी, 11 मार्च (हि. स.)। सिलगढ़ीबाट आगो लागेको घटनाले क्षेत्रमा कोकोहोलो मच्चियो। घटना घटेको केही मिनटपछि भ्यान पूर्ण रूपले जलेर खरानी भयो। चालकको तत्परताले सबै नानीहरूलाई सकुशल बाहिर निकालियो। घटना प्रधान नगर थाना अन्तर्गत देवीडांगा क्षेत्रमा मंगलवार अपरान्ह भएको हो।
भनिन्छ, प्रधान नगर थाना अन्तर्गत देवीडांगास्थित सनराइज स्कूलको भ्यान नानीहरूलाई घरमा पुऱ्याउनको लागि गएको थियो। भ्यानमा लगभग एक दर्जन नानीहरू थिए। बाबुबासा क्षेत्रबाट गुज्रिरहेको बेला चालकको नजर भ्यानबाट निक्लिरहेको झिल्कामा पऱ्यो जसलाई देखेर चालकले हतार-हतार सड़क किनारमा भ्यानलाई रोकेर स्थानीय मानिसहरूको सहयोगमा नानीहरूलाई भन्यानबाट उतारे।
नानीहरूलाई उतार्नसाथ भ्यान ह्वार-ह्वारती जल्न थाल्यो। चालकको विवेक अनि तत्परताको कारणले सबै नानीहरू बचे। घटनापछि दमकललाई सूचना दिइयो। तर दमकल घटनास्थला पुग्नअघि नै भ्यान जलेर खरानीमा परिणत भइसकेको थियो।
अर्कोतिर घटनापछि अभिभावकहरूले स्कूल प्रबन्धकमाथि लापरवाहीको आरोप लगाउँदै भने, भ्यान धेर पुरानो भइसकेको थियो जसलाई परिवर्तन गर्नको लागि स्कूल प्रबन्धकलाई भनिएको थियो जसमाथि स्कूल प्रबन्धकले ध्यान दिएन। अभिभावकहरूको आरोप छ, स्कूल प्रबन्धकले नानीहरूको सुरक्षासित खेलवाड़ गरिरहेको छ। प्रधान नगर थानाको पुलिसले घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा