गान्तोक, 11 मार्च (हि.स.)। सिक्किम सहकारी दुग्ध उत्पादक संघ लिमिटेड (सिक्किम दूध संघ) ले पूर्वी क्षेत्र प्रदर्शन एवं प्रशिक्षण केन्द्र (ईआरडीटीसी), राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी), मतिगढाको सहकार्यमा राष्ट्रिय दुग्ध विकास परियोजना अन्तर्गत पञ्जीकृत दुग्ध किसानहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन आयोजना गरेको छ।
प्रशिक्षण परियोजना निर्देशिका अनुसार स्वच्छता अभ्यास र स्वच्छ दुग्ध उत्पादनमा केन्द्रित रहेको बताइएको छ। यस पॉंच दिने आवासीय प्रशिक्षण कार्यक्रममा दुग्ध जनावरहरूको भोजन, प्रजनन र आवास, दुग्ध फार्म व्यवस्थापन, चारा विकास, प्रशोधन र संरक्षण, दुग्ध खेतीमा प्रविधि प्रयोगहरू आदि विषयहरू समेटिने छन्। प्रशिक्षण कायक्रममा कुल 180 किसान सहभागी बनेका छन्।
हिजो, सोमवार सिक्किम दुग्ध संघका चेयरमेन यम कुमार शर्मा र प्रबन्ध निर्देशक डा. टीबी घतानीले प्रशिक्षण केन्द्र भ्रमण गरेर प्रशिक्षण सुविधाहरूको समीक्षा गर्दै सहभागीहरूलाई प्रेरित गरे। यस क्रममा प्रधानाध्यापक डा. कमलेश प्रसादले प्रदर्शनी सुविधाहरूबारे अवगत गराउॅंदै किसानहरूलाई दुग्ध खेतीमा उद्यमशीलताका अवसरहरूको बारेमा जानकारी गराए।
चेयरमनले किसानहरूलाई दैनिक दुग्ध अभ्यासहरूमा प्रशिक्षणबाट प्राप्त ज्ञान र सीपहरू लागू गर्न प्रेरित गरे। उनले सिक्किम मिल्क युनियनको सिफारिसमा ब्याङ्कहरूबाट वित्तीय सहायता वा अनुदानित ऋण प्राप्त गर्न प्रशिक्षण प्रमाणपत्रको मूल्यबारे जानकारी गराए।
हिन्दुस्थान समाचार / बिशाल