तीनधारे, 11 मार्च (हि.स.)। उदार मनहरु नामक गैर सरकारी संस्थाद्वारा वृद्ध आश्रममा सहयोग प्रदान गरिएको छ। तीनधारे महानदी समष्टिको मालुटार निवासी आशिष छेत्रीको नेतृत्वमा सन् 2023 मा इजरायलमा कार्यरत् उनका साथीहरुलाई लिएर गठित उक्त गैर सरकारी संस्था उदार मनहरुले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ।
यसै क्रममा आज आशिष छेत्रीको नेतृत्वमा एक टोली कालेबुङ पुगेर एरोन योञ्जनद्वारा सञ्चालित हुँ केयर्समा सहयोग प्रदान गरेको जानकारी प्राप्त भएको छ। उदार मनहरुद्वारा वृद्ध-वृद्धाहरुलाई लुगाफाटा, चिकित्सा सर-सामानहरु, खाद्य सामग्रीहरू लगायत अन्य सामानहरु प्रदान गरिएको छ।
उक्त सहयोगको लागि इजरायलमा कार्यरत् सदस्यहरुले पनि सहयोग गरेको जानकारी आशिष छेत्रीले दिएका छन्। उनले आगामी दिनहरूमा पनि यसरी नै उदार मनहरुको ब्यानरमा सहयोग जारी रहने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक