सेशिंकाई कराटे-डो च्याम्पियनशिप 2025 आयोजित
सेशिंकाई कराटे-डो च्याम्पियनशिप 2025 आयोजित


गान्तोक, 02 मार्च (हि.स.)। भारतीय सेनाले सिक्किमको सेशिंकाई शितो-रियो कराते-डोको संयुक्त तत्वावधानमा सेशिंकाई कराटे-डो च्याम्पियनशिप 2025 आयोजना गऱ्यो। उक्त च्याम्पियनशिपको आयोजना बरदाङको प्रेरणा स्थलमा गरिएको थियो।

यस कार्यक्रमको उद्देश्य खेलकुद र अनुशासनका सिद्धान्तहरूलाई प्रवर्द्धन गर्दै करातेमा स्थानीय प्रतिभालाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ। खेलहरू 06-18 वर्षबीचको उमेर समूह अनुसार वर्गीकृत गरिएको थियो। एक दिवसीय यो प्रतियोगिताका पदक विजेताहरूलाई सम्मानसँगै समापन भयो।

युवा कराते अभ्यासकर्ताहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा राज्यको प्रतिनिधित्व गर्न आफ्नो कौशललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीय समुदायका सदस्यहरू र अभिभावकहरूले पनि करातेलाई युवाहरूलाई सशक्त बनाउने र उनीहरूलाई मोबाइलको लत र लागूपदार्थको दुरुपयोग जस्ता नकारात्मक प्रभावहरूबाट टाडा राख्ने माध्यमको रूपमा स्वीकार गरेका छन्।

यस प्रतियोगिताले युवाहरूलाई प्रेरणा दिने, सशक्तिकरण गर्ने र खेलकुदमा प्रतिभालाई प्रोत्साहन गर्ने भारतीय सेनाको प्रतिबद्धतालाई पनि पुन: पुष्टि गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande