कोकराझारमा 'नागरिक सभा' मा केन्द्रिय बजेट 2025-26 माथि चर्चा गरियो
कोकराझारमा 'नागरिक सभा' मा केन्द्रिय बजेट 2025-26 माथि चर्चा गरियो


कोकराझार, 02 मार्च (हि.स.)। केन्द्रिय बजेट 2025-26 र यसका विभिन्न क्षेत्रहरूमा पर्ने प्रभावमाथि चर्चा गर्नका लागि आज कोकराझारको तेरापन्थ भवनमा एक 'नागरिक सभा' को आयोजन गरियो। असमका क्याबिनेट मन्त्री नन्दिता गार्लेसाले यस कार्यक्रममा भाग लिइन् र सभालाई सम्बोधित गरिन्। मन्त्री गार्लोसाले आफ्नो सम्बोधनमा केन्द्र सरकारको वित्तीय योजनाहरूले कुन प्रकारले क्षेत्रको विकासमा योगदान दिनेछ र विभिन्न समुदायहरूलाई लाभ पुऱ्याउने बताइन्। नागरिक सभापछि आयोजित एक संवाददाता सम्मेलनलाई मन्त्री नन्दिता गार्लोसाले सम्बोधित गरिन्।

यो सभा कोकराझार जिल्ला भाजपाद्वारा आयोजित गरिएको थियो, जसमा आम जनता, पार्टी कार्यकर्ता र व्यापारी सामेल भए। सभाले बजेटका प्रभावहरूलाई बुझ र सामूहिक रूपमा समाधान खोज्नको निम्ति एक सहयोगात्मक वातावरण तयार गन्यो।

सभाको उद्देश्य बजेट आवंटनबारे जागरूकता बढ़ाउनु र केन्द्रिय, राज्य र परिषद बजेटको कार्यान्वयनमाथि विचार-विमर्श गर्नुथियो, जसमा मुख्य रूपमा विकास र कल्याणकारी पहलुहरूमाथि ध्याना केन्द्रित गर्न सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande