कोकराझार, 02 मार्च (हि.स.)। कोकराझार जिल्लाको फकीरग्रामको शक्ति आश्रम स्थित स्वामी जोगानन्द गिरि महाविद्यालय प्रेक्षागृहमा आगामी 30 मार्चमा अखिल कोच राजबंशी छात्र संघ (आक्रास्) का विभाजित समूहहरूको एकीकरणको निम्ति एक बैठक आयोजित गरिनेछ।
यसको जानकारी आज फकीरग्रामको अफिसर्स क्लबमा आयोजित एक संवाददाता सम्मेलनमा आक्रासूको विभाजित समूहरूको एकीकरण समितिका सदस्यहरूले दिए। संवाददाता सम्मेलनमा आनन्द बर्मन, हरमोहन मेधी, रमोला राय सरकार, राजीव राय, बलदेव राय, निवास चौधरी, रूपाञ्जलि देरी, माणिक बरूवा र खजिन राय उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी