हिन्दूहरूलाई अरूभन्दा आफ्नेहरूबाट खतराः हिमन्त बिस्व सरमा
हिन्दूहरूलाई अरूभन्दा आफ्नेहरूबाट खतराः हिमन्त बिस्व सरमा


कोलकाता, 02 मार्च (हि.स.)। असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाले आइतवार कोलकातामा आयोजित विवेकानन्द सेवा सम्मान 2025 कार्यक्रममा हिन्दूहरूलाई अन्य धर्म वा धर्मावलम्बीहरूभन्दा अधिक आफ्नै धर्मभित्र रहेका तथाकथित उदारवादीहरू र अति वामपन्थीहरूबाट नोकसानको खतरा रहेको भनेका छन्। असमका मुख्यमन्त्रीले भनेका छन्, मलाई लाग्छ, हिन्दूहरूको निम्ति सबैभन्दा ठूलो खतरा वामपन्थी र उदारवादी हो। पश्चिम बंगालमा हिन्दूहरूलाई दुर्बल बनाउने परम्परा वामपन्थीहरूबाट शुरू भयो, जसलाई ममता ब्यानर्जलि अगाड़ी बढ़ाइन्। भारतको सभ्यता 5,000 वर्षभन्दा पनि पुरानो छ र देशको इतिहास केवल 1947 मा स्वतन्त्रताको साथ शुरू भएन। भारत स्वाभाविक रूपमा एक धर्मनिरपेक्ष राष्ट्र हो, हामीलाई कसेबाट पनि सहिष्णुता र भाईचाराको पाठ पढ्ने आवश्यकता छैन।

हिन्दू समाजको अस्तिवलाई लिएर उनले भने, हिन्दू सभ्यताले हजारों सालमा धेरै चुनौतीहरूको सामना गरेको छ र अगाड़ी पनि कायम रहनेछ। हिन्दू कहिले पनि समाप्त हुनसक्दैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande