चियाबारीको भूमि अधिग्रहण विरुद्ध बसेको अनशन स्थल पुगे सांसद राजु विष्ट
चियाबारीको भूमि अधिग्रहण विरुद्ध बसेको अनशन स्थल पुगे सांसद राजु विष्ट


दार्जिलिङ, 02 मार्च (हि.स.)। दार्जिलिङ तराई डुवर्स चियाबारी सुरक्षा समितिको‌ आयोजनामा दार्जिलिङको चौरास्तामा आयोजित 24 घण्टे रिले अनशनलाई समर्थन गर्न सांसद राजु विष्ट आज दार्जिलिङ आइपुगे। सांसद विष्टले चियाबारीको भूमि आवण्टनलाई केन्द्र गरी तृणमूल कांग्रेस सरकारद्वारा जारी अधिसूचनाको खरो शब्दमा आलोचना गरे।

एक हजार ऐकर जमीन अधिग्रहण गर्ने नन्दीग्राम अनि सिङ्गुरको पछिल्लो घटनालाई आधार बनाएर उनले ममता ब्यानर्जीलाई त्यसताकका सत्याचुत माकपा सरकारको सम्झना गराए।‌ माटो ‌बचाउने यो अभियानलाई सडक, संसद अनि न्यायालय गरेर चौपक्षबाट विरोध हुनपर्ने उनले आग्रह गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande