काठमाण्डौं, 03 मार्च (हि.स.)। नेपालका पूर्व युवराज पारस वीर विक्रम शाहलाई हिजो राति हार्ट अटेक आएपछि अस्पतालमा भर्ती गराइएको छ। राजपरिवारसित सम्बन्धित सदस्यहरूले भनेका छन्, आइतवार राति अस्पतालमा भर्ती गराइएपछि डाक्टरहरूले हार्ट अटेक आएको पुष्टि गरेका छन्।
पूर्व राजपरिवारको तर्फबाट उनको संवाद सचिव फणीन्द्र पाठकले भने, हिजो राति खाना खाएपछि अचानक युवराज पारस शाहले छात्तीमा तीव्र पीड़ा भएको शिकायत गरे, जसपछि निजी चिकित्सकहरूको सुझाउँमा अबेर राति नै काठमाण्डौंको नोर्विक अस्पतालमा उनलाई भर्ती गराइयो। अस्पतालको आईसीयूमा वरिष्ठ चिकित्सकहरूको टीमले उनको उपचार गरिरहेको छ। पूर्व राजकुमारको अवस्था अहिले खतरादेखि बाहिर बताइएको छ।
यस समय पूर्व युवराजका पिता एवं नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नी पत्नी कोमल शाहको साथ पोखरामा छन्। पारसलाई हार्ट अटेक आएको खबर पाएपछि उनी सोमवार बिहान पोखरादेखि काठमाण्डौं प्रस्थान भएका छऩ्।
हिन्दुस्थान समाचार / भवानी थामी