खरसाङ, 03 मार्च (हि.स.)। तीनधारे क्षेत्रका तीनजना शिक्षकहरुलाई रोटरी क्लब सिलगढीद्वारा नेशन बिल्डर अवार्डद्वारा सम्मानित गरिएको छ। सिलगढीमा आयोजित रोटरी क्लब अफ् सिलगढीको एक कार्यक्रमबीच तीनधारे क्षेत्रका तीनजना शिक्षकहरुलाई नेशन बिल्डर अवार्डद्वारा सम्मानित गरिएको छ।
सम्मानित शिक्षकहरूमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको सह शिक्षक दिवाकर शंकर, मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका डोमा लामा र तीनधारे चियाबारी प्राथमिक पाठशालाको शिक्षक महेन्द्र तामाङ सामेल छन्। सम्मान रोटरी क्लब सिलगढीको सभापति नितेश अग्रवाल लगायत अन्यहरुको बाहुलीबाट प्रदान गरिएको छ।
उक्त नेशन बिल्डर अवार्डद्वारा सम्मानित गर्नअघि तीनधारे क्षेत्रमा रोटरी क्लबद्वारा सर्वेक्षण गरेर स्कूल र स्कूल सञ्चालन समितिबाट भोटिङ गरिएपछि शिक्षकहरूलाई सो अवार्डद्वारा सम्मानित गरिएको तीनधारेका सनबहादुर तामाङले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक