सिलगढ़ी, 04 मार्च (हि. स.)। स्थायी कुलपतिको नियुक्ति सहित सात सूत्रीय मागहरूलाई लिएर मंगलवार अल इण्डिया डेमोक्रेटिक स्टुडेन्ट्स अर्गनाइजेशन (एआईडीएसओ)-ले उत्तर बंगाल विश्वविद्यालय अभियान संचालन गऱ्यो। यता एआईडीएसओको उक्त अभियानलाई मध्यनजर गर्दै सुरक्षाको कड़ा बन्दोबस्त गरिएको थियो।
वास्तवमा एआईडीएसओले चार वर्षीय डिग्री पाठ्यक्रमलाई रद्द गर्ने, छात्र परिषद चुनाउको घोषणा, कलेजको बुनियादी ढाँचाको विकास, मातृभाषामा प्रश्न पत्र औ स्थायी कुलपति नियुक्ति सहित सात सूत्रीय मांगहरूलाई लिएर उत्तर बंगाल विश्वविद्यालय अभियान शुरू गरेको थियो जसलाई पुलिस प्रशासनले विश्वविद्यालयको गेटमै रोकिदियो। एआईडीएसओको अभियानलाई मध्यनजर गर्दै पहिलाबाटै विश्वविद्यालयमा भारी मात्रामा पुलिस बल तैनाथ गरिएको थियो। पुलिस अवरोधलाई चिर्दै एआईडीएसका पश्चिम बंग राज्य कमिटी सचिव विश्वजीत रायले विश्वविद्यालका अधिकारीलाई ज्ञापन सु्म्पिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा