नयाँ दिल्ली, 4 मार्च (हि.स.)। उत्तर-पूर्वी जिल्लाका भाजपा उपाध्यक्ष एवं पूर्व जोन चेयरम्यान ठाकुर अवधेश कुमारले यमुना विहारस्थित जिल्ला कार्यालयमा फाँसी लगाएर आत्महत्या गरे। मंगलवार बिहान पार्टी कार्यकर्ताहरू कार्यालयमा पुग्दा भित्रैबाट ढोका बन्द रहेको पाए। मामिाको सूचना भजनपुरा पुलिसलाई दिइयो। पुलिसले ढोका भत्काएर भित्र हेर्दा पंखामा उनको शव झण्डिरहेको देख्यो। मामिलाको सूचना क्राइम टीम अतिरिक्त एफएसएललाई दिइयो। टीमले घटनास्थलबाट प्रमाण जुटायो।
पुलिसको भनाइ छ, अवधेशबाट एउटा सुसाइड नोट भेटिएको छ जसमा उनले ऋण तिर्न नसकेर यस्तो कदम उठाएको कुरा उल्लेख गरेका छन्। पुलिसले मंगलवार पोस्टमर्टम गरेपछि शवलाई परिवारकहाँ सुम्पिदियो। भजनपुरा पुलिसले मामिलाको जाँच गरिरहेको छ। पुलिस अधिकारीहरूको भनाइ छ, उनको परिवारसित पनि यस सम्बन्धमा जाँचबुझ गरिनेछ। पुलिसले उनको मोबाइल फोनलाई जाँचको लागि कब्जामा लिएको छ।
पुलिस मुताविक अवधेश कुमार परिवारसित तुकमीरपुरमा बस्थे। परिवारतमा पत्नी सुधा बाहेक छोरा सञ्जय र एउटी छोरी छन्। अवधेश मंगलवार बिहान कसैलाई केही नभनी घरबाट हिँड़ेका थिए। त्यसपछि उनी जिल्ला कार्यालयमा पुगे अनि यो घटना भयो। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा