भारत-बंगलादेश सीमामा बीएसएफको ठूलो एक्शन, 103 किलो गाँजा जफ्त
भारत-बंगलादेश सीमामा बीएसएफको ठूलो एक्शन, 103 किलो गाँजा जफ्त


कोलकाता, 04 मार्च (हि. स.)। पश्चिम बंगालको उत्तर 24 परगना जिल्ला अधिनस्थ भारत-बंगलादेश अन्तरराष्ट्रिय सीमामा बीएसएफले फेरि तस्करीको प्रयासलाई असफल बनाइदिएको छ। दक्षिण बंगाल सीमान्तको 67औं वाहिनीका सजग जवानहरूले सीमा चौकी सुतिया क्षेत्रमा गुप्त सूचनाको आधारमा अभियान चलाएर 103 किलोग्राम गाँजा जफ्त गरे।

बीएसएफ अधिकारीहरू अनुसार गए 3 मार्चको आधा राती लगभग 1:30 बजे सीमामा तैनाथ जवानहरूलाई गुप्त जानकारी प्राप्त भयो कि केही तस्करहरूले भारी मात्रामा अवैध सामानहरूलाई सीमा पारी लैजाने प्रयास गरिरहेका छन्। जवानहरूले तुरून्त रणनीति बनाएर क्षेत्रलाई घेराबन्दी गरे। सुनसान रातमा जवानहरूको नजर तीन-चारजना संदिग्ध मानिसहरूमाथि पऱ्यो जो बोरा बोकेर तारबन्दी तर्फ गइरहेका थिए। जवानहरूले तस्करहरूलाई ललकारे, तर उनीहरूले आफूलाई घेरेको देखेर बोराहरू छोड़ेर गाउँको आड़मा भाग्न सफल भए।

घटनापछि बीएसएफले क्षेत्रमा व्यापक स्तरमा खोजी अभियान संचालन गऱ्यो। यस अवधि 50 वटा बोरामा प्याक गरिएको गाँजा भेटियो जसको वजन 103 किलोग्राम रहेको छ। जफ्त गगरिएका सामग्रीहरूलाई आवश्यक कानूनी कारबाहीको लागि कस्टम विभाग, बनगाउँलाई सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande