बोर्डरमा समातियो बंगलादेशी चोर, ग्रामीणहरूले बीएसएफलाई सुम्पिदिए
बोर्डरमा समातियो बंगलादेशी चोर, ग्रामीणहरूले बीएसएफलाई सुम्पिदिए


कुचबिहार, 4 मार्च (हि.स.)। जिल्लाको मेखलीगञ्जस्थित बागडोकरा-फुलकाडाबरी सीमामा बंगलादेशी चोरलाई ग्रामीणहरूले समाते। घटनापछि क्षेत्रमा तनाउ व्याप्त भयो। पछि ग्रामीणहरूले चोरलाई सीमा सुरक्षा बल (बीएसएफ)- अधिकारहरूलाई सुम्पिदिए। बीएसएफ सूत्रले बताए अनुसार मंगलवार अबेर राती ग्रामीणहरूले एकजना बंगलादेशी चोरलाई समातेर हामीकहाँ सुम्पिदिए। उक्त व्यक्ति भारतीय तस्करको सहयोगमा भारतमा प्रवेश गरेका थि। प्रारम्भिक रूपमा थाहा लागेको छ, आरोपीको घर बंगलादेशको दहग्राम-अंगरपोटा क्षेत्रमा छ। आरोपीको नाम के हो र उ भारतमा कसरी आए, उसित अन्य पनि सामेल छन् कि छैनन् आदि कुरा पत्तो लगाउन जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande