सिलगढ़ी, 04 मार्च (हि.स.)। सबुज साथी योजनाको दशौं चरणमा स्कूलमा साइकल वितरण गरियो। राजगंज ब्लकको साहुडांगीहाट पीके राय उच्च विद्यालयका 144 जना छात्राहरूलाई साइकल वितरण गरियो। मंगलवार एक कार्यक्रमको माध्यमबाट बिन्नागुड़ी ग्राम पंचायतका प्रधान समिजुउद्दीन अहमदसितै स्कूलका प्रधानाध्यापक प्रदीप चौधरीले विद्यालयका लगभग 144 छात्राहरूलाई साइकल सुम्पिए। यस अवधि विद्यालय परिचालन समितिका अध्यक्ष चन्दन विश्वास सहित अऩ्य मानिसहरू उपस्थित थिेए।
स्कूलका प्रधानाध्यापक प्रदीप चौधरीले बताए, सबुज साथी योजनाको दशौं चरणमा 144 जना छात्राहरूलाई साइकल वितरण गरियो। स्कूलमा मुख्य रूपमा सुदूरवर्ती क्षेत्रहरूबाट नानीहरू पढ़्न आउँछन्। आगामी दिनमा ब्लकका अन्य स्कूलहरूमा पनि साइकल वितरण गरिनेछ। साइकल पाएर छात्राहरू खुशी भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा