कोलकाता, 04 मार्च (हि. स.)। कोलकातामा नक्कली जन्म प्रमाण पत्र बनाउने ऱ्याकेटको खुलासा भएको छ। यस मामिलामा पक्रा पर्ने आरोपीसित भएको पुलिस जाँचमा थाहा लागेको छ, बिहारमा पैसा लिएर नक्कली प्रमाण पत्र तयार गरिन्छ। पुलिसले अब यस नेटवर्कको गहिराईसम्म पुग्नको लागि बिहारमा पनि जाँच शुरू गर्ने सम्भावना व्यक्त गरेको छ।
जानकारी अनुसार हालैमा कोलकाता पुलिसको पासपोर्ट विभागमा 6-7 जना आवेदकहरूको दस्तावेज जाँच गर्दा नक्कली जन्म प्रमाण पत्रको मामिला सामु आएको थियो। जाँच अगाड़ि बढ़्दै गएपछि पुलिसले लक्ष्मण कुमार नामक व्यक्तिलाई पक्राउ गऱ्यो। जाँचबुझमा लक्ष्मणले खुलासा गरे, उसको एकजना आफन्तले बिहारबाट पैसाको सट्टा नक्कली प्रमाण पत्र बनाएर दिएका थिए।
पुलिस सूत्र अनुसार यो जानकारीलाई अत्यन्त महत्वपूर्ण मानिँदैछ। जाँचकर्ताहरूलाई अब यसको अनुसन्धान गर्नुछ कि अहिलेसम्म पक्रा पर्ने नक्कली जन्म प्रमाण पत्र के बिहारबाटै तयार भएर आएको हो?
पुलिसलाई शंका लागेको छ, पासपोर्ट कार्यालय बाहिर सक्रिय दलालहरूको एक गिरोह यस ऱ्याकेटसित जोड़िएको हुनससक्छ। मानिँदैछ, लक्ष्मणद्वारा दिइएको जानकारीपछि जाँचको दिशा पूर्ण रूपले अर्कोतिर मोड़िनसक्छ र यस अपराधसित सम्बन्धित अन्य मानिसहरूसम्म पनि पुलिस पुग्नसक्छ। हाल कोलकाता पुलिसको सिक्योरिटी कन्ट्रोल अर्गेनाइजेशनले यस सम्पूर्ण मामिलाको गहिराईपूर्वक जाँच गरिरहेको छ तथा बिहारमा छापामारी गर्ने तयारी पनि गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा