युवकको गलफन्दामा झुण्डिरहेको शव भेटियो
युवकको गलफन्दामा झुण्डिरहेको शव भेटियो


सिलगढ़ी, 4 मार्च (हि.स.)। फूलबाड़ीमा मंगलवार बिहान एकजना युवकको गलफनन्दामा झुण्डिरहेको शव उसको घरमा भेटिएको छ। घटना फूलबाड़ी दुई नम्बर ग्राम पंचायतको पूर्व धनतलाको जयनगर कलोनी क्षेत्रमा भएको हो। मृतकको नाम मिथुन चक्रवर्ती हो। पारिवारिक सूत्र अनुसार सिलगढ़ीको बाबूपाड़ा क्षेत्रस्थित एक कपड़ा पसलमा मिथुन काम गर्दै आएका थिए। दुई महिनापछि मिथुनको विवाह हुने तय भएको थियो। गए राति मिथुन कामबाट फर्केर आएपछि आफ्नो कोठामा सुत्न गए।

बिहान परिवारका सदस्यहरूले उसको झुण्डिरहेको शव देखे। त्यसपछि यसको सूचना एनजेपी थााको पुलिसलाई दिइयो। पुलिसले घटनास्थलमा पुगेर शवलाई जफ्त गरी पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। एनजेपी थानाको पुलिसले घटनाको जाँच शुरू गरेको छ। स्थानीय मानिसहरूले बताए, मिथुनले पारिवारिक अशान्तिको कारणले यो कदम उठाएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande