आयुर्वेदिक डिग्री लिएर एलोप्याथिक औषधि लेख्ने डाक्टरको भण्डाफोर
आयुर्वेदिक डिग्री लिएर एलोप्याथिक औषधि लेख्ने डाक्टरको भण्डाफोर


हुगली, 04 मार्च (हि.स.)। पश्चिम बंगालको हुगली जिल्लामा मंगलवार एकजना यस्तो डाक्टरको भण्डाफोर भयो जोसित आयुर्वेदिक डिग्री थियो, तर उनले आफ्नो प्रिस्क्रिप्शन आफ्नो डिग्री एमडी लेखेर रोगीहरूलाई अंग्रेजी औषधि दिँदै आइरहेका थिए। यसको कृत्य डाक्टरले विगत 22 वर्षदेखिकै गर्दै आइरहेका थिए। हुगली जिल्लाको पाण्डुआ, रिषड़ा सहित केही स्थानहरूमा यस कथित डाक्टरको च्याम्बर थियो। आरोपीले धेरैवटा अस्पतालहरूमा काम गरिसकेका छन्। आफूलाई एमडी बताएर यी डाक्टरले रोगीहरूबाट मोटो रकम असुल्दै आाइरहेका थिए। आरोपी डाक्टरको नाम निताई सेनापति हो।

यस सन्दर्भमा आरोपीविरूद्ध पाण्डुआ ब्लक स्वास्थ्य अधिकारी शेख मञ्जुर आलम समक्ष सिकायत आयो। सोमवार पाण्डुआका बीएमओएच, पंचायत समिति अध्यक्ष तथा स्वास्थ्य अधिकारीले उनको च्याम्बरमा पुगेर कागजपत्र प्रस्तुत गर्न लगाए। जाँचमा निताई सेनापति एकजना आयुर्वेदिक चिकित्सक हुँदाहुँदै पनि नियमित रूपमा एलोप्याथिक औषधिहरू लेख्दै आइरहेका थिए जुन अवैध छ। त्यसपछि उनलाई एउटा बण्ड भर्न लगाइयो जसमा उनले अब एलोप्याथिक उपचार नदिने कुरालाई स्वीकार गरे।

स्वास्थ्य अधिकारी निशापति रक्षितले भने, निताई एकजना आयुर्वेदिक डाक्टर हुन जसले प्रतिभिजिट 400 रुपियाँ लिँदै आएका थिए साथै 150 रुपियाँको औषधि दिन्थे। उनले एलोप्याथिक उपचार गर्नु अवैध हो। यसलाई लिएर पुलिसमा सिकायत दर्ता गराउनेमाथि विचार गरिँदैछ, किनभने उनले धेरैजना मानिसहरूलाई धोका दिएका छन्।

यो मामिला स्वास्थ्य विभाग औ स्थानीय प्रशासनको लागि एक गम्भीर मुद्दा बन्न पुगेको छ साथै अग्रिम कारबाहीको सम्भावनामाथि विचार गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande