कोलकाता, 04 मार्च (हि.स.)। जादवपुर विश्वविद्यालयमा भएको प्रदर्शन अवधि घाइते भएका छात्र इन्द्रानुज रायको स्वास्थ्य बारे जानकारी लिनको लागि पश्चिम बगालका शिक्षा मन्त्री बार्त्य बासुले उनका पिता अमित रायसित फोन कलमा बातचित गरे। सूत्रानुसार यस अवधि मन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै इन्द्रानुजको चाँड़ै स्वास्थ्य लाभको कामना गरे।
भनिन्छ, ब्रात्य बसुले बातचितमा भने, उनी एक्लै मात्र होइन उनकी पत्नी एवं अभिनेत्री पलमी पनि यस घटनादेखि दुःखी भएकी छन्। फोनमा भएको लगभग 3-4 मिनटको बातचित अमित रायले णन्त्रीसित भने, उनी इन्द्रानुजको स्थितिलाई लिएर चिन्तित छन्, तर मन्त्रीको फोन आएपछि उनी आश्वस्त भएका छन्।
अमित राय जो स्वयं एकजना शिक्षक हुन् तथा राजा बजार साइन्स कलेजको विज्ञान, प्रौद्योगिकी एवं इञ्जीनियरिंग फेकल्टीका सचिवको रूपमा कार्यर्त छन्,- ले बताए, मन्त्रीले स्पष्ट रूपमा दुःख व्यक्त गर्दै भने, इन्द्रानुज निको भएपछि उनी स्वयं आएर उसित भेट गर्न चाहन्छ्। उनको संवेदनशीलतालाई देखेर राम्रो लाग्यो।
यद्यपि यस बातचित अवधि इन्द्रानुजका पिताले एक विशेष अनुरोध गरे। उनले भने, शनिवार विश्वविद्यालयमा भएको अशान्तिको मामिलामा 17 जना विद्यार्थीहरूमाथि दर्ता गरिएको प्राथमिकीलाई फिर्ता लिइयोस्। अमित रायले भने, विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै एकजना अभिभावको रूपमा उनले यो अपील गरिरहेका छन्। यसको जवाफमा मन्त्रीले विचार गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा