बर्दवान मेडिकल कलेजमा औषधि खाएर आठजना प्रसुताहरू बिमार, मेदिनीपुर सलाइनकाण्डको पुनरावृत्ति हुने भय
बर्दवान मेडिकल कलेजमा औषधि खाएर आठजना प्रसुताहरू बिमार, मेदिनीपुर सलाइनकाण्डको पुनरावृत्ति हुने भय


कोलकाता, 04 मार्च (हि.स.)। राज्यको स्वास्थ्य व्यवस्थामाथि फेरि एक पटक प्रश्न उठेको छ। मेदिनीपुर मेडिकल कलेजको सलाइनकाण्डलाई मानिसहरूले बिर्सिन सकेकै थिएन, फेरि बर्दवान मेडिकल कलेजमा पनि त्यस्तै घटना भएको प्रकाशमा आएको छ। गए सोमवार अबेर राति यहाँ आठजना प्रसुताहरू औषधि खाएको केही समयपछि अचानक बिमार भए। उनीहरूको परिवारमा कोकोहोलो मच्चियो। डाक्टरहरूको टीमले तुरून्तै स्थितिलाई नियन्त्रण गरे अनि प्राथमिक उपचारपछि हाल सबैको अवस्था स्थिर रहेको बताइएको छ।

सूत्र अनुसार गए सोमवार साँझ अस्पतालको स्त्री रोग विभागमा भर्ती लगभग दश जना महिलाहरूलाई नर्सले औषधि दिएकी थिइन्। औषधि खाएको लगभग एक घण्टाभित्रमै आठजना प्रसुताहरूको स्वास्थ्य बिग्रियो। कसैलाई तीव्र ज्वरो आयो भने कोही अचेत हुनथाले। झट्का लागेको सिकायत पनि छ। सम्बन्धित परिवारहरूले तत्काल डाक्टरहरूलाई सूचित गरे।

स्थिति झन् गम्भीर हुँदै गएपछि नर्सहरूले पनि डाक्टरहरूलाई बोलाए। डाक्टरहरूको टीमले तत्काल जाँच शुरू गऱ्यो अनि सबै महिलाहरूलाई अर्को औषधि खुवाएर स्थिर बनाउने प्रयास गरियो। लगभग एक घण्टाको परिश्रमपछि रोगीहरूको अवस्थामा सुधार हुनथाल्यो।

बर्दवान मेडिकल कलेज अस्पतालका अधीक्षक तापस घोषले मंगलवार बताए, गए सोमवार साँझ डाक्टरहरूको वार्ड राउण्डपछि यो घटना भएको हो। प्रारम्भिक जाँचा औषधिको साइड इफेक्ट भएको आशंका व्यक्त गरिँदैछ। हाल सबै रोगीहरू स्थिर छन्। मामिलाको गहन जाँच हुनेछ। अस्पताल प्रबन्धनले जुन औषधि सेवनले यस्तो घटना भयो त्यसलाई परीक्षणको लागि पठाउने फसेला लिएको छ।

उल्लेखनीय छ, केही सप्ताहपूर्व मेदिनीपुर मेडिकल कलेजमा रिंगर ल्याकटेट नामक सलाइन दिएपछि एकजना प्रसुताको मृत्यु भएको थियो भने अन्य चारजना गम्भीर रूपमा घाइते भएका थिए। यस घटनाले राज्यको स्वास्थ्य व्यवस्थामाथि प्रश्न उठाएको छ। अब बर्दवानको यो घटनाले यस्तै प्रकारको आशंका उत्पन्न गरिरेहको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande