लेफ्टिनेन्ट जनरल गम्भीर सिंहले युद्ध कौशल अभ्यासको गरे अवलोकन
लेफ्टिनेन्ट जनरल गम्भीर सिंहले युद्ध कौशल अभ्यासको गरे अवलोकन


उमरोई (मेघालय), 04 मार्च (हि.स.)। गजराज कोरका जनरल अफिसर कमाण्डिंग लेफ्टिनेन्ट जनरल गम्भीर सिंहले उमरोई मिलिट्री स्टेशनमा ‘युद्ध कौशल’ अभ्यासको अवलोकन गरे। यो अभ्यास भारतीय वायुसेनासित संयुक्त रूपमा आयोजना गरियो जसमा बहुक्षेत्रीय युद्ध स्थितिमा शत्रुको ठेगानामा नियन्त्रण प्राप्त गर्ने रणनीतिलाई प्रदर्शति गरियो।

अभ्यास अवधि हेलिकप्टर, निगरानी औ सशस्त्र भूमिकाहरूमा विभिन्न प्रकारका ड्रोन, नयाँ पिँढ़ीको उपकरण, फोर्स मल्टीप्लायर्स तथा अन्य सहायक युद्धक तत्वहरूहरूलाई उपयोग गरियो। वायुसेनाले सैनिकहरूको तीव्र प्रवेश तथा समन्वियत संचालनमा महत्वपूर्ण भूमिका निभाए। यस अभ्यासमा आईआईटी गुवाहाटीका विशेषज्ञ तथा नागरिक रक्षा उद्योगका शिक्षाविद्हरूलाई पनि सामेल गरियो।

लेफ्टिनेन्ट जनरल गम्भीर सिंहले अभ्यासमा भाग लिने सैनिक तथा अधिकारीहरूसित बातचित गरे अनि उनीहरूको उत्कृष्ट समन्व र क्रियान्वयनको सराहना गरे। उनले सैनिकहरूलाई आधुनिक युद्ध कौशलमा तकनिकी दक्षता बढा़उने तथा सैन्य अभियानहरूमा श्रेष्ठता प्राप्त गर्नको लागि प्रेरित गरे।

‘युद्ध कौशल’ अभ्यासमा प्रथम दृष्टि ड्रोन, स्वचालित गतिशील वाहन, सुरक्षित संचार उपकरणहरू उपयोग गर्दै समन्वित आक्रमणलाई प्रदर्शित गरियो। प्यारा ट्रुपर्सले कम्ब्याट फ्री फल गऱ्यो अनि सम्पूर्ण अभ्यास अवधि यूएभीद्वारा निरनन्तर गुप्त, निगरानी गरियो।

यस अभ्यासको उद्देश्य अत्याधुनिक तकनिक, सटीक आक्रमण, सुरक्षित संचार औ नवीन सामरिक प्रक्रियाहरूलाई अप्नाउँदै भारतीय सेनाको युद्धक क्षमतालाई बढ़ाउनु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande