लङ्भ्यू चियाबारीका प्रबन्धक एपी सिंह निखोज
लङ्भ्यू चियाबारीका प्रबन्धक एपी सिंह निखोज


खरसाङ, 04 मार्च (हि.स.)। हिल प्लान्टेशन इम्प्लोइज युनियन (एचपीईयू), लङ्भ्यू शाखाको पक्षबाट लक्ष्मी छेत्रीले यस चियाबारीका प्रबन्धक एपी सिंह गत केही दिनदेखि लापत्ता भएको सूचना गाडीधुरा पुलिस थानालाई दिएकी छन्। उनले पत्रमा हिल प्लान्टेशन इम्प्लोइज युनियनको पक्षबाट गत 14 फरवरी, 2025 को दिन एउटा अठाह्र बुन्दे माग पत्र प्रबन्धकलाई सुम्पिएको र यस विषयमा चाँडै बैठक राख्ने आग्रह गरे तापनि आजसम्म कुनै बैठक नगरेको र उल्टै बलपूर्वक पहिलो पत्ती टिप्न लगाइएको आरोप लगाएकी छन्।

यसपछि, प्रबन्धक गत 3 मार्चदेखि यहाँबाट लापत्ता भएको जनाउँदै पुलिस प्रशासनले चाँडो उनको खोजी गरेर निकाल्न उनले आग्रह गरेकी छन्। प्रबन्धक सिंहले श्रमिकहरूको मागलाई लिएर सबै श्रमिक संगठनहरूलाई बोलाएर बैठक गरिनुको सट्टा नो वर्क, नो पे को नोटिस टाँसेर लापत्ता भएको उनले बताएकी छन्। अर्कोतिर वार्षिक छुट्टीको घोषणा गरेर श्रमिकहरूमा अन्योलता सृष्टि गरेको र बगानमा प्रबन्धक स्वयंले अशान्ति र तनावपूर्ण स्थितिको सृजना गरेको पनि उनले आराेप पनि लगाएकी छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande