गुवाहाटी, 04 मार्च (हि.स.)। पश्चिम गुवाहाटीका विधायक रमेन्द्र नारायण कलिताले प्रदूषित भरलु औ मराभरलु नदीको जीर्णोद्धारको लागि एक व्यापक मास्टर प्लानको प्रस्ताव राखेको छ। बजेट सत्र अवधि आफ्नो सिफारिस पेश गर्दै उनले उक्त महत्वपूर्ण जल निकायहरूमा अपशिष्ट संचयनलाई तत्काल रोक्ने आवश्यकतामाथि बल दिए।
गुवाहाटीका यी प्रमुख नदीहरू क्रमैले बाहिनी, भरलु औ मराभरलुको खस्किँदो स्थितिमाथि बल दिँदै कलिताले अनियन्त्रित फोहोर डम्पिंगले यी नदीहरूलाई खुल्ला नालीको रूपमा परिणत गरिदिएको कुरा राखे। प्रदूषण नियन्त्रण बोर्डको एक सर्वेक्षणले भरलु र मराभरालुलाई भारतको सबैभन्दा प्रदुषित नदीहरूमा सामेल गरेको छ। जबकि लोक निर्माण विभाग (पीडब्ल्यूडी)-ले समय-समयमा नदीहरूको सफाई गरे पनि यो प्रयास व्यवहारिक साबित भइरहेको छैन जुन सार्वजनिक स्वास्थ्यलाई जोखिममा पार्ने गहिरो प्रदूषणलाई न्यून गर्न असफल भएको छ।
आफ्नो भाषणमा कलिताले सरकारसित अधिक प्रभावशाली ढंगमा सफाईको रणनीति बनाउनको लागि नदीको रखरखाउको जिम्मेवारीलाई पीडब्ल्यूडीदेखि जल संसाधन विभागलाई सुम्पिने आग्रह गरे। उनले उचित निस्पन्दन र रखरखाउ सुनिश्चित गर्नको लागि एक समर्पित जल तथा सीवेज उपचार प्रणाली स्थापना गर्ने आह्वान समेत गरे।
यस अतिरिक्त उनले अवैध अपशिष्टको डम्पिंगलाई रोक्नको लागि नदी किनारमा स्ट्रीट लाइज तथा सीसीटीभी जड़ान गर्ने प्रस्ताव राख्दै सुझाउ दिए, नियमहरूको उल्लंखन गर्नेहरूविरूद्ध कड़ा जरीमाना अनि दण्डात्मक प्रावधान यी जल निकायहरूलाई संरक्षण गर्नमा थप सहयोगी साबित हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा