मणिपुरका राज्यपालले गरे सुरक्षा समीक्षा बैठक
मणिपुरका राज्यपालले गरे सुरक्षा समीक्षा बैठक


इम्फाल, 04 मार्च (हि.स.): मणिपुरका राज्यपाल अजय कुमार भल्लाको अध्यक्षतामा मंगलवार राजभवनमा उच्च स्तरीय सुरक्षा बैठक सम्पन्न भयो।

बैठकको एजेण्डा राज्यमा कानून व्यवस्थाको स्थितिको गहन मूल्यांकन गर्नु थियो। बैठकमा मुख्य सचिव पीके सिंह, सुरक्षा सल्लाहकार कुलदीप सिंह, डीजीपी राजीव सिंह, आयुक्त (गृह) एन. अशोक कुमार सहित जीओसी 3 कोर लेफ्टिनेन्ट जनरल अभिजीत एस पेंढारकर, जीओसी 57 माउण्टेन डिभीजन मेजर जनरल एसएस कार्तिकेय, आईजी असम राइफल्स (दक्षिण) मेजर जनरल रावरूप सिंह, मणिपुर पुलिसका एडीजीपी, आईजी सीआरपीएफ राजेन्द्र नारायण दास औ आईजी बीएसएफ एसके मिश्रा समेत वरिष्ठ सैन्य एवं अर्धसैनिक अधिकारीहरू उपस्थित थिए।

यो समीक्षा नयाँ दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा सम्पन्न एक महत्वपूर्ण सुरक्षा सत्रको आलोकमा आयोजना गरिएको हो। सबैले समन्वयलाई सशक्त बनाउने तथा स्थिरता सुनिश्चित गर्नेमाथि ध्यानकेन्द्रित गरे।

उल्लेखनीय छ, मणिपुरमा तनाउ अहिले पनि यथावत छ। त्यसैले चर्चामा शान्ति कायम राख्नको लागि सक्रिय उपायहरूमाथि बल दिइयो। सुरक्षा बल हाई अलर्टमा छ, सामान्य स्थिति बहाल गर्ने प्रयासहरूलाई सुदृढ़ बनाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande