मध्यमग्राममा तलाउबाट निकालियो हत्यामा प्रयोग गरिएको हतियार
मध्यमग्राममा तलाउबाट निकालियो हत्यामा प्रयोग गरिएको हतियार


कोलकाता, 04 मार्च (हि. स.)। महानगर कोलकाताको अहिरीटोलामा ट्रली ब्याग फालेको मामिलामा वृद्धा सुमिता घोषको हत्यामा प्रयोग गरिएको हतियारलाई जफ्त गरिएको छ।

प्राप्त जानकारी अनुसार हत्यामा प्रयोग गरिएको हतियार उत्तर 24 परगना जिल्ला अन्तर्गत मध्यमग्रामको बिरेशपल्लीस्थित एक तलाउबाट निकालियो। मंगलवार बिहान मध्यमग्राम थानाको पुलिस पक्रा परेका फाल्गुनी घोष र उसकी आमा आरती घोषलाई लिएर त्यहाँ पुग्यो। जाँचकर्ताहरू लगायत गोताखोर पनि आएका थिए। गोताखोरहरूले तलाउमा पसेर उक्त हतियारलाई निकाले।

उल्लेखनीय छए कोलकाताको अहिरीटोला क्षेत्रमा गत 25 फरवरीमा एक आश्चर्यचकित घटना प्रकाशमा आयो जतिहेला दुईजना महिलाहरूले सुटकेसको माध्यमबाट मानव अंगलाई हुगली नदीमा फाल्ने प्रयास गर्दै गर्दा पक्रा परे। दुवै महिला ट्याक्सी मार्फत अहिरीटोला घाटमा आएका थिए। उनीहरूले नीलो रंगको सुटकेसलाई पानीमा फाल्ने प्रयास गरिरहेको समय स्थानीय मानिसहरूले उनीहरूलाई रोके। प्रश्न गर्दा महिलाद्वयले दाबी गरे, उक्त ब्यागमा उनीहरूको घर पालुवा कुकुरको शव थियो, तर ब्यागलाई खोलेर हेर्दा त्यसमा मानव शरीर भेटियो जसबाट सबै चकित भए।

सूत्र अनुसार आफ्नी सासु सुमिता घोषको हत्या गरेपछि उसको शवलाई तीनवटा टुक्रामा काटियो। नीलो ट्रली शवका अंगहरूले भरिएको थियो। मृतकको खुट्टालाई ट्रलीमा राख्न असुविधा भएको कारणले दुवै खुट्टालाई काटियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande