मुख्यमन्त्रीले गरे नाम्ची जिल्लाको मणिराम भञ्ज्याङमा स्टेट ब्याङ्क अफ सिक्किम शाखाको उद्घाटन
Prem Singh Tamang


गान्तोक, 4 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नाम्ची जिल्लाको मणिराम भञ्ज्याङमा स्थापित स्टेट ब्याङ्क अफ सिक्किम शाखाको उद्घाटन गरे। उद्घाघाटनपछि मुख्यमन्त्रीले यो पूर्वाधार स्थानीय जनताप्रति समर्पित गरे।

सिक्किम कलाकार भरोसा सम्मेलन 2.0 को समापन समारोहमा सहभागी बन्न जाने क्रममा मुख्यमन्त्री तामाङले आज बिहान नवस्थापित स्टेट ब्याङ्क अफ सिक्किम भञ्ज्याङ शाखाको उद्घाटन गरेका हुन्। राज्यका नागरिकहरूका लागि सहज र बृहत्तर पहुँचका साथै राज्य सरकारको शासन व्यवस्थामा थप नयाँ कदम स्थापना गर्ने र स्थानीय बासिन्दाहरूलाई उनीहरूको नजिकका महत्त्वपूर्ण स्रोतहरूमा पुग्न सक्षम बनाउन नयाँ उद्घाटन गरिएको शाखाको लक्ष्य रहेको छ।

राज्य सरकार र स्थानीय प्रशासनले नागरिकहरूलाई सहयोग प्रदान गर्ने र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने प्रयासहरू मध्ये यो पनि एक पहल रहेको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande