पश्चिम बंगाल बोर्डका उच्च माध्यमिक विद्यार्थीहरूले परीक्षा छोड़ेकोमा उठ्यो प्रश्न, पञ्जीकरण गरेर पनि हजारौं विद्यार्थी परीक्षामा सामेल भएनन्
पश्चिम बंगाल बोर्डका उच्च माध्यमिक विद्यार्थीहरूले परीक्षा छोड़ेकोमा उठ्यो प्रश्न, पञ्जीकरण गरेर पनि हजारौं विद्यार्थी परीक्षामा सामेल भएनन्


कोलकाता, 04 मार्च (हि.स.)। पश्चिम बंगालमा उच्च माध्यमिक (उच्च माध्यमिक) परीक्षाको निम्ति पञ्जीकरण गराइएको भए पनि परीक्षामा सामेल नहुने छात्रहरूको बढ़्दो प्रवृत्तिप्रति शिक्षा जगतमा चिन्ता गहिरिँदै गइरहेको छ। बितेका केही वर्षदेखिकै लगातार यस्तो मामिला सामु आइरहेको छ जहाँ हजारौं छात्रले परीक्षाको लागि नामांंकन गराए पनि परीक्षामा बसेका छैनन्।

शिक्षाविदहरूको मान्यता छ, यो प्रवृत्तिले राज्य बोर्डप्रति विद्यार्थीहरूको घट्दो रूचिलाई दर्शाउँछ। विशेषज्ञहरू अनुसार यसका दुईवटा प्रमुख कारणहरू हुनसक्छ। पहिलो, पञ्जीकरणपछि विद्यार्थीहरूलाई अऩ्य कुनै बोर्डमा स्थाना्तरण गर्नु। दोस्रो, आर्थिक चापको कारणले पढ़ाई छोड़ेर नोकरी गर्ने बाध्यता।

यस वर्ष गए सोमवारदेखि शुरू भएको उच्च माध्यमिक परीक्षामा पनि यस्तै स्थिति देख्न पाइयो। यस वर्ष परीक्षामा लगभग 5.09 लाख विद्यार्थीहरू सामेल भएका छन् भने वर्ष 2023- मा माध्यमिक (दशौं) परीक्षा उतीर्ण गरेपछि 5.56 लाख विद्यार्थीहरूले उच्च माध्यमिक परीक्षाको लागि पञ्जीकरण गराएका थिए। अर्थात 45 हजार विद्यार्थीहरू पञ्जीकरण भएर पनि परीक्षादेखि टाड़ा बसे।

पछिल्लो केही वर्षको आँकड़ामाथि ध्यान दियौं भने यो ह्रास अझ स्पष्ट हुन्छ। वर्ष 2024- मा 9.13 लाख विद्यार्थीहरूले पञ्जीकरण गराएका थिए, तर 7.89 लाख विद्यार्थीहरू मात्र परीक्षामा सामेल भए। यसरी नै वर्ष 2023-मा 10.51 लाख पञ्जीकरण गराएकोमा 8.18 लाख विद्यार्थीहरूले परीक्षा लेखेका थिए।

राज्य शिक्षा विभागका एकजना अधिकारीले आफ्नो नाम खुलासा नगरिदिने शर्तमा बताए, राज्यमा विद्यार्थीहरूको बोर्ड परीक्षाप्रति घट्दो रूचिमाथि जाँच गर्नुपर्ने माग लामो समयदेखिकै उठ्दै आइरहेको भए पनि यस दिशामा अहिलेसम्म कुनै ठोस कदम उठाइएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande