एनएच-27 किनारमा नाला निर्माणको कारणले मार्ग परिवर्तित
एनएच-27 किनारमा नाला निर्माणको कारणले मार्ग परिवर्तित


गुवाहाटी, 04 मार्च (हि.स.)। असम-मेघालय सीमाको जलग्रहण क्षेत्रदेखि सतही जल निकासीको लागि एनएच-27 को दक्षिणी भागमा (कुम्बर टी वेयरहाउसदेखि हिन्दुस्तान टावर नजिक एनएच-27 देखि बशिष्ठ चारिआलीसम्म) आरसीसी स्टर्म वाटर ड्रेन निर्माण हुन गइरहेको छ। यस निर्माण कार्य अवधि आम मानिसहरू विशेष विद्यार्थी नानीहरू, महिला, वरिष्ठ नागरिक एवं दिव्यांगहरूको सुरक्षा तथा आपतकालीन वाहनहरूको निर्बाध ओहोर-दोहोरलाई सुनिश्चित गर्नको लागि यस मार्गमा यातायात प्रतिबन्ध लागू गरिएको छ।

यातायात प्रतिबन्ध 05 मार्चदेखि निर्माण कार्य पूर्ण नहुञ्जेलसम्म प्रभावकारी रहनेछ-

त्रिपुरा गल्ली अण्डरब्रिजदेखि बशिष्ठ चारिआलीसम्म सेवा मार्ग (खानापाड़ादेखि बासिष्ठ/गरचुक तर्फ)-मा सबै प्रकारका वाहनहरूको आवागमन 5 मार्च बिहान 5 बजेदेखि पूर्ण रूपमा बन्द रहनेछ।

खानापाड़ादेखि बशिष्ठ चारिआली/बशिष्ठ मन्दिर तर्फ जाने वाहनहरूलाई त्रिपुरा गल्ली अण्डरब्रिजदेखि मोड़िनेछ। उनीहरू पाटरकुची रोड-बशिष्ठ मन्दिर रोडको माध्यमबाट आफ्नो गन्तव्यसम्म पुग्नसक्छ वा त फेरि विपरीत दिशाको सेवा मार्गदेखि बशिष्ठ चारिआली-बशिष्ठ मन्दिर रोड भएर अगाड़ि बढ़्न सक्नेछन्।

खानापाड़ादेखि जयनगर चारिआली तर्फ जाने वाहनहरूले पूर्ववत बशिष्ठ फ्लाईओभर-त्रिपुरा गल्ली अण्डरब्रिज-जयनगर रोडको सेवा मार्गलाई प्रयोग गर्न सक्नेछन्।

बशिष्ठ फ्लाईओभरमा कुनै प्रतिबन्ध रहनेछैन। अतः खानपाड़ादेखि जालुकबाड़ी र जालुकबाड़ीदेखि खानपाड़ा जाने वाहनहरू सामान्य रूपमा फ्लाईओभरको प्रयोग गर्न सक्नेछन्।

पुलिसले गुवाहाटीका नागरिकहरूसित अनुरोध गरेको छ, उनीहरूले यस यतायात परामर्शलाई पालन गरून् साथै समाज अनि आम मानिसहरूको सुरक्षालाई ध्यानमा राखेर गुवाहाटी ट्राफिक पुलिसलाई सहयोग गरून्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande