नयाँ दिल्ली, 4 मार्च (हि.स.)। उत्तर पूर्वी जिल्लाको ज्योति नगर क्षेत्रस्थित शक्ति गार्डनमा गए सोमवार राती दुई पक्षमाझ कुटपिटपछि गोली चल्यो। यस गोलीकाण्डमा पाँचजना मानिसहरू घाइते भए जसलाई दिलशाद गार्डनको जीटीबी अस्पतालमा भर्ती गराइएको छ। उत्तर-पूर्वी जिल्लाका डीसीपी आशिष मिश्राले मंगलवार बताए, ज्योतिनगर थानामा सोमवार राती 9 बजे शक्ति गार्डन गल्ली नम्बर-1 मा दुई पक्षमाझ गोली चलेको सूचना प्राप्त भयो। घटनास्थलमा पुगेर पुलिसको टीमले सबै घाइतेहरूलाई जीटीबी अस्पतालमा भर्ती गऱ्यो। सिकायतमा हत्या गर्ने प्रास सहित अन्य धाराहरूमा मुद्दा दर्ता गरी जाँच शुरू गरिएको छ। क्राइम टीम तथा फोरेन्सिक टीम मार्फत घटनास्थलको निरीक्षण गराइएको छ। छेउछाउका सीसीटीभी फुटेजहरूको जाँच गरिँदैछ।
डीसीपी अनुसार शुरुआती जाँचमा थाहा लागे मुताविक दुई पक्षबीच आपसी शत्रुतालाई लिएर फायरिंग भएको थियो। घाइतेहरूमा सामेल आकाशकी आमा डा.सुदेशले बताइन्, उनको छोराको सोमवार जन्मदिन थियो। पार्टीको निम्ति सर-सामग्रीहरू ल्याउनका लागि उनका छोरा साथीहरूसित पसलमा गएका थिए। सोही समय उपद्रवीहरूले तिनीमाथि गोली चलाए। घटनामा तीनजना मानिसहरू गोली लागेर घाइते भएका छन् जसलाई जीटीबी अस्पतालमा भर्ती गरिएको छ जसको अवस्था गम्भीर रहेको बताइएको छ।
सुदेशको भनाइ छ, पछि फायरिंग गर्नेहरूले पनि क्रस केस बनाउनको लागि आफूमाथि फायरिंग गरे। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा