पानागढ़ दुर्घटनाः बारम्बार बयान परिवर्तन गर्ने सुतन्द्राका चालक राजदेव शर्मा पक्राउ
पानागढ़ दुर्घटनाः बारम्बार बयान परिवर्तन गर्ने सुतन्द्राका चालक राजदेव शर्मा पक्राउ


कोलकाता, 04 मार्च (हि. स.)। पानागढ़ सड़क दुर्घटनामा ठूलो मोड़ आएको छ। हुगलीकी प्रसिद्ध नृत्यांगना सुतन्द्रा च्यटर्जीको मृत्युको मामिलामा पुलिसले अन्ततः उनको कार चालक राजदेव शर्मालाई पक्राउ गरेको छ। आरोप छ, दुर्घटनापछि राजदेवले लगातार बयान परिवर्तन गरिरहेका थिए जसबाट शंका अझ गहिरिँदै गइरहेको थियो। मंगलवार भोर बिहान चन्दननगरबाट पक्राउ गरिएको राजदेवलाई पुलिसले कांकसा लगेको छ। आज नै उसलाई अदालतमा पेश गरिनेछ।

पुलिसले राजदेव शर्मामाथि भारतीय न्याय संहिताको धारा 281 (लापरवाहीपूर्वक वाहन हाँक्नु), 125(ए), 105 (अनिच्छाकृत हत्या) औ 324(2) (हानि पुऱ्याउने) अन्तर्गत मुद्दा दर्ता गरेको छ। जाँचकर्ताहरूको मान्यता छ, यस पक्राउले सम्पूर्ण मामिलाको सतहसम्म पुग्न सहयोग पुऱ्याउने।

वास्तवमा गत 24 फरवरीमा सुतन्द्रा च्यटर्जी एक कार्यक्रममा सामेल हुनका लागि वाहन मार्फत गइरहेकी थिइन्। यसै अवधि पानागढ़मा राष्ट्रिय राजमार्ग-19 मा उनको कार पल्टियो जसमा सुतन्द्रको मृत्यु भयो। यस दुर्घटनापछि चालक राजदेवले दाबी गरेका थिए, एउटा सेतो रंगको एसयूभीले उनीहरूलाई पछ्याइरहेको थियो। उनलाई बचाउनको लागि नै वाहनको गति तीव्र पारियो जस कारण यो दुर्घटना भयो।

तथापि बितेको शुक्रवार राजदेवले आफ्नो बयानलाई पूर्ण रूपले परिवर्तन गर्दै एसयूभीलाई सुतन्द्राले भने अनुसार द्रूत गतिमा पछ्याइएको थियो। साथै उनले यो पनि भने, कुनै प्रकारको छेड़छाड़को घटना भएको थिएन।

चालकको यस परिवर्तित बयानमाथि सुतन्द्राकी आमा तनुश्री च्यटर्जीले गहिरो असन्तुष्टि व्यक्त गरेकी थिइन्। उनले प्रश्न उठाएकी थिइन्, चालकले पहिला झूटो ब यान किन दिए? उनले घटनाको गहिराईपूर्वक जाँच गर्ने माग पनि पुलिससित गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande