हालटुमा एउटै परिवारका तीन सदस्यको रहस्यमय मृत्यु, सुसाइड नोट भेटियो
हालटुमा एउटै परिवारका तीन सदस्यको रहस्यमय मृत्यु, सुसाइड नोट भेटियो


कोलकाता, 04 मार्च (हि. स.)। टेंगरामा भएको एउटै परिवारका तीनजना सतस्यहरूको हत्यापछि अब हाल्टुमा पनि एउटै परिवारका तीनजना सदस्यहरूको रहस्यम मृत्युको घटनाले व्यापक सन्त्राष व्याप्त भएको छ। कोलकाताको नगर थाना क्षेत्रको पूर्वपल्ली क्षेत्रमा मंगलवार पति-पत्नी र उनीहरूको दुई वर्षीय छोराको शव झुण्डिरहेको अवस्थामा भेटियो। घटनास्थलबाट एउटा सुसाइड नोट पनि फेला परेको छ।

पुलिस अनुसार मृतकहरूको पहचान 40 वर्षीय सोमनाथ राय, 35 वर्षीय सुमित्रा राय औ उनीहरूको अढाई वर्षीय छोरी रूद्रनीलको रूपमा भएको छ। तीनैजनाको शव घरभित्र गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। शुरूआती जाँचमा आशंका व्यक्त गरिँदैछ, पहिला छोराको हत्या गरियो अनि पछि पति-पत्नीले आत्महत्या गरे। घटनास्लबाट जफ्त गरिएको सुसाइड नोटको जाँच गरिँदैछ, तर त्यसमा के लेखिएको छ त्यसबाले पुलिसले हाल स्पष्ट पारेको छैन। शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।

घटनापछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मच्चियो। छिमेकी तथा आफन्तहरू अनुसार सोमनाथ पेशाले अटो चालक थिए र पछिल्लो केही समयदेखि गम्भीर आर्थिक संकटसित जुझिरहेका थिए। उनीमाथि ऋण थियो। यस अतिरिक्त सम्पत्तिलाई लिएर पारिवारिक विवाद पनि भइरहेको थियो। भनिन्छ, यस्तै कारणहरूले सोमनाथ मानसिक तनाउमा थिए।

अब प्रश्न उठिरहेको छ, के उपरोक्त समस्याहरूदेखि दिक्क भएर उनीहरूले सपरिवार यस्तो भयानक कदम उठाएका हुन् ? पुलिसले सबै पक्षहरूको जाँच गरिरहेको छ। अधिकारीहरूको भनाइ छ, पोस्मर्टम रिपोर्ट र सुसाइड नोटको जाँचपछि नै स्थिति स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande