गुवाहाटी, 4 मार्च (हि.स.)। होली पर्वलाई मध्यनजर गर्दै यात्रीहरूको बढ़्दो मागलाई पूरा गर्नको लागि पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)-ले तीन जोड़ी स्पेशल ट्रेनहरूलाई संचालनमा ल्याउने निर्णय लिएको छ। यी स्पेशल ट्रेनहरूमा ना्रंगी-गोरखपुर जंक्शन-नारंगी, कटिहार-अमृतसर-कटिहार औ कामाख्या-आनन्द विहार टर्मिनल-कामाख्याबीच चल्नेछ। प्रत्येक ट्रेन दुवै दिशामा चार पटकको लागि चल्नेछ ताकि होली पर्वमा यात्रीहरूको सुगम यात्रा सुनिश्चित हुन सकोस्।
पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले मंगलवार बताएका छन्, स्पेशल ट्रेन संख्या 05633 (नारंगी-गोरखपुर जंक्शन) आगामी 06 मार्चदेखि 27 मार्चसम्म प्रत्येक बिहीवार प्रस्थान हुनेछ। यो ट्रेन नारंगीदेखि 13:20 बजे प्रस्थान भएर अघिल्लो दिन गोरखपुर जंक्शन 13:00 बजे पुग्नेछ। यसरी नै स्पेशल ट्रेन संख्या 05634 (गोरखपुर जंक्शन-नारंगी) आगामी 07 मार्चदेखि 28 मार्चसम्म प्रत्येक शुक्रवार प्रस्थान हुनेछ। यो ट्रेन गोरखपुर जंक्शनदेखि 20:55 बजे प्रस्थान भएर अघिल्लो दिन नारंगी 23:10 बजे पुग्नेछ।
स्पेशल ट्रेन संख्या 05734 (कटिहार-अमृतसर) 6 मार्चदेखि 27 मार्चस्म प्रति बिहीवार प्रस्थान हुनेछ। यो ट्रेन कटिहारदेखि 11:40 बजे प्रस्थान भएर तेस्रो दिन अमृतसर 00:10 बजे पुग्नेछ। यसरी नै स्पेशल ट्रेन संख्या 05733 (अमृतसर-कटिहार) 8 मार्चदेखि 29 मार्चसम्म प्रतिशनिवार प्रस्थान हुनेछ। यो ट्रेन अमृतसरदेखि 04:20 बजे प्रस्थान भएर अघिल्लो दिन कटिहार 15:00 बजे पुग्नेछ।
स्पेशल ट्रेन संख्या 02525 (कामाख्या-आनन्द विहार टर्मिनल) 7 मार्चदेखि 28 मार्चसम्म प्रतिशुक्रवार प्रस्थान हुनेछ। यो ट्रेन कामाख्यादेखि 22:45 बजे प्रस्थान भएर अघिल्लो दिन आनन्द विहार टर्मिनलमा 08:50 बजे पुग्नेछ। यसरी नै स्पेशल ट्रेन संख्या 02526 (आनन्द विहार टर्मिनल - कामाख्या) 09 मार्चदेखि 30 मार्चसम्म प्रत्येक आइतवार प्रस्थान हुनेछ। यो ट्रेन आनन्द विहार टर्मिनलदेखि 17:20 बजे प्रस्थान भएर तेस्रो दिन कामाख्या 03:40 बजे पुग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा