पाकिममा 9औं जिल्ला परामर्श समिति र जिल्लास्तरीय समीक्षा समितिको बैठक सम्पन्न
पाकिममा 9औं जिल्ला परामर्श समिति र जिल्लास्तरीय समीक्षा समितिको बैठक सम्पन्न


गान्तोक, 04 मार्च (हि.स.)। पाकिम जिल्लाका जिल्लापाल रोहन आगवानेको अध्यक्षतमा आज 9 औं जिल्ला परामर्श समिति, जिल्लास्तरीय समीक्षा समितिको बैठक, वित्तीय समावेशीकरण र जनसुरक्षाका लागि एक विशेष बैठक सम्पन्न भयो। यस बैठक आयोजना गरिनुको मुख्य उद्देश्य जिल्लाभित्र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न र वित्तीय समावेशीकरण बढाउन तयार गरिएका वित्तीय योजनाहरू र पहलहरूको कुशल कार्यान्वयन सुनिश्चित गर्नु रहेको थियो।

बैठकमा यस भन्दाअघि सम्पन्न भएको बैठकमा लिइएका निर्णयहरूको समीक्षा गरियो। योसँगै पीएसएल, जिल्लाको ऋण-निक्षेप अनुपात, 2024-25 को लागि वार्षिक ऋण योजना, र कृषि, सूक्ष्म, साना र मध्य उद्यमहरू साथै अन्य प्राथमिकता र गैर-प्राथमिकता क्षेत्रहरूसहित विभिन्न क्षेत्रहरूमा उपलब्धिहरूको मूल्याङ्कन जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल गरिएको बताइएको छ।

विशेष गरेर प्रधानमन्त्री रोजगार सृजना कार्यक्रम, पाकिम जिल्लाका शाखाहरूमा किसान क्रेडिट कार्ड जारी, नवीकरण, र स्व-सहायता समूहको स्थिति सम्बन्धमाथि पनि चर्चा परिचर्चा गरियो।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande