सिलगढ़ी, 04 मार्च (हि. स.)। एनजेपी थानाको पुलिसले फूलबाड़ी क्षेत्रबाट एउटा देशी बन्दुकसितै चार राउण्ड जिउँदो कारतूस जफ्त गरेको छ। मंगलवार फुलबाड़ी दुई नम्बर ग्राम पंचायत अधिनस्थ पूर्व अमाईदिघी क्षेत्रमा सड़क किनारबाट पुलिसले उक्त बन्दुक र कारतूस जफ्त गऱ्यो। यसरी सड़क किनारमा बन्दुक भेटिएपछि क्षेत्रमा आतंक व्याप्त भएको छ।
स्थानीय सूत्र अनुसार अपरान्ह स्थानीय एकजना महिलाले सड़कबाट गुज्रिरहेको समय एउटा प्लास्टिकको ब्याग देखिन्। महिलाले उक्त ब्यागलाई खोलेर हेरिन् जसमा बन्दुकहरू देखेर तिनी डराइन्। ब्यागभित्र एउटा देशी बन्दुक र चारवटा कारतूस थियो। महिला चिच्याएको आवाज सुनेर छेउछाउका मानिसहरू घटनास्थलमा पुगे। त्यसपछि एनजेपी थानाको पुलिसलाई सूचना दिइयो। पुलिसले घटनास्थलमा पुगेर उक्त हतियारलाई कब्जामा लियो। एनजेपी थानाको पुलिस जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा