अमेरिकाले यूक्रेनलाई दिइने सबै प्रकारका सैन्य सहायता रोक्यो
ट्रम्प


वाशिङ्गटन, 04 मार्च (हि.स.)। यूक्रेनका राष्ट्रपति व्लादिमीर जेनेंस्कीको अमेरिका यात्रामा राष्ट्रपति डोनाल्ड ट्रम्पकोसाथ भएको मतभेदको ठूलो परिणाम अगाड़ी आएको छ। व्हाइट हाउसले जानकारी गराएको छ, राष्ट्रपति डोनाल्ड ट्रम्पले यूक्रेनलाई दिइरहेका सबै प्रकारका अमेरिकी सैन्य सहायतामाथि प्रतिबन्ध लगाएका छन्। ट्रम्पले अमेरिकी सैन्य सहायताको शिपमेन्टमा तत्काल रोक लगाउने आदेश दिएका छन्।

सीएनएनको खबर अनुसार, गत हप्ता यूक्रेनका राष्ट्रपतिको साथ ओवल अफिसमा भएको तीखो बहसपछि राष्ट्रपति ट्रम्पले यो आदेश जारी गरे। राष्ट्रपति ट्रम्पले स्पष्ट गरेका छन्, उनको ध्यान शान्तिमाथि केन्द्रित छ। यूक्रेनलाई पनि यस लक्ष्यप्रति प्रतिबद्ध हुने आवश्यकता छ। व्हाइट हाउसका अधिकारीले भने, राष्ट्रपतिको आदेशपछि यूक्रेनलाई दिइने सैन्य सहायता रोकिँदैछ।

अधिकारीहरू र विश्लेषकहरू अनुसार, यूक्रेनमाथि यस फसेलाको ठूलो प्रभाव पर्नेछ। यसबाट यूक्रेनको युद्ध लड्ने क्षमतामाथि गम्भीर प्रभाव पर्नसक्छ। व्हाइट हाउसका एक अधिकारीले भने, यो प्रतिबन्ध तबसम्म कायम रहनेछ जबसम्म जेलेंस्की शान्ति वार्ता समझौताको निम्ति तयार हुँदैनन्। यद्यपि, वाशिङ्गटन र कीवबीच खुल्ला दुश्मनी भएपनि धेरै यूरोपीय देशहरूले यूक्रेनलाई सहयोग गर्ने वाचा गरेका छन्।

सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेशनल स्टडीजका वरिष्ठ सल्लाहकार मार्क केन्सियनले भऩे, यूक्रेनलाई तत्काल होइन तर यस रोकको प्रभाव दुईदेखि चार महिनाभित्र महसूस हुनेछ। यूरोपीय देशहरूको सहायताले कीवलाई अहिले लड़ाईमा बनिरहनमा मद्दत मिल्नेछ। अन्तमा यूक्रेनलाई एक प्रतिकूल शान्ति समझौता स्वीकार गर्नैपर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande