दिल्लीका मन्त्री प्रवेश वर्माले यमुना नदीका घाटहरूको जायजा लिए, उनले भने- दश दिनमा 13,000 टन फोहोर निकालियो
दिल्लीका मन्त्री प्रवेश वर्माले यमुना नदीका घाटहरूको जायजा लिए, उनले भने- दश दिनमा 13,000 टन फोहोर निकालियो


नयाँ दिल्ली, 05 मार्च (हि.स.)। दिल्लीका लोक निर्माण विभाग मन्त्री प्रवेश वर्माले आज यमुना नदीका घाटहरूको जायजा लिए। उनले डुंगामा सवार भई सिग्नेचर ब्रिज, आईटीओ औ छठ घाटदेखि ओखला ब्याराजसम्मका क्षेत्रको निरीक्षण गरे। यस अवधि उनले भने, पछिल्लो दश दिनभित्रमा यमुना नदीबाट 1,300 टन फोहोर निकालिसकिएको छ।

प्रवेश वर्माले एक्समा यो विवरण साझा गर्दै भने, दिल्लीको भाजपा सरकारले यमुना नदीको सफाईसितै पर्यटन गतिविधिहरूलाई बढ़ाउने योजामाथि काम गरिरहेको छ। यमुना नदीमा फेरि तथा क्रुज सर्भिस शुरू गर्ने योजना छ। यो सेवा लगभग 7-8 किलोमीटरको भागमा उपलब्ध रहनेछ। हाल सोनिया विहार अनि जगतपुरबीचमा मात्र फेरी र क्रुज सर्भिस शुरू हुनेछ।

वर्माले भने, दिल्ली सरकारले यमुना नदीको सफाईको लागि निरन्तर काम गरिरहेको छ। वर्ष 2023-मा दिल्लीलाई बाढ़ीको सामना गर्नु परेको थियो। पहिला सबै जलद्वारलाई बन्द गरिएको थियो। अब भविष्यमा बाढ़लाई रोक्नको लागि ती सबैको मरम्मती गरिनेछ। उल्लेखनीय छ, दिल्ली विधानसभा चुनाउमा भाजपाको संकल्पमा प्रमुख वाचा यमुनाको सफाई पनि सामेल छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande