गुवाहाटी, 05 मार्च (हि.स.)। गुवाहाटी नगरनिगम (जीएमसी)-लेचालू वित्तीय वर्षमाअहिलेसम्ममा 85 करोड़ रुपियाँ सम्पत्ति कर संग्रह गरेको छ। आज संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै जीएमसीका मेयर मृगेन शरणियाले यस आशयको जानकारी गराए। उनले कर नतिर्नेहरूलाई यसै मार्च महिनाभित्रमा तिर्ने अनुरोध गरे। नगरनिगमले कर भुक्तान नगर्नेहरूमाथि ठूलो कारबाही गर्ने चेताउनी समेत दिएको छ।
मेयरले बताए, गुवाहाटीका 1.16 लाख घरहरूमध्ये1.10 लाख घरहरूबाटकरअसुल गरिसकिएको छ। शहरका पसलहरूबाट 27 करोड़ रुपियाँ करको रूपमा प्राप्त भएको छ, लगभग 25 लाख व्यापारीहरूले अहिले पनि वैध व्यापारिक लाइसेन्स राखेका छैनन्।
वित्तीय वर्ष 2025-26 को लागि अप्रेलसम्म कर भुक्तान नगर्नेहरूलाई दश प्रतिशत छुट दिइऩेछ जबकि विलम्ब गरी भुक्तान गर्नेहरूलाईपाँच प्रतिशत मात्र छुट दिइनेछ। कर नतिर्नेहरूलाई 20 प्रतिशतस्मको पेनल्टी लाग्नसक्छ।
अहिलेसम्म विभिन्न राजस्व श्रोतहरूबाट जीएमसीले 135 करोड़ रुपियाँ एकत्र गरिएको छ। आगामी जून महिनादेखि वैध व्यापार लाइसेन्स बिनै व्यवसाय संचालन गर्ने व्यापारीहरूविरूद्ध कानूनी कारबाही गरिनेछ जसमा पसलहरूलाई सील गर्नु पनि सामेल हुनसक्छ। मृगेन शरणियाले नागरिक तथा व्यापारीहरूसित समयमा कर भुक्तान गर्ने आग्रह गर्द भने, यो शहरको विकासको लागि अनिवार्य छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा