गान्तोक, 05 मार्च (हि.स.)। अन्तरराष्ट्रिय नारी दिवस भव्यताका साथ मनाउने विषयलाई लिएर आज सम्मान भवनमा एक समन्वय बैठक सम्पन्न भयो। मुख्यमन्त्रीकी धर्मपत्नि कृष्ण राईको विशेष उपस्थितिमा सम्पन्न भएको बैठकमा सिक्किम विधानसभाकी उपाध्याक्ष राजकुमारी थापा, विधायक पामिन लेप्चा, उपमेयर छिरिङ पाल्देन भोटिया, एसकेएम कानुनी प्रकोष्ठकी सचिव पूजा लामिछाने, एसकेएम प्रेस एवं मिडिया प्रकोष्ठकी अध्यक्षा रञ्जना प्रधान लगायत अन्यहरू उपस्थित थिए।
बैठकमा कार्यक्रमको तयारीलाई अन्तिम रुप दिन र कार्यक्रमको सफलता सुनिश्चित गर्न विभिन्न विषयमाथि छलफल गरियो। बैठकलाई सम्बोधन गर्दै योजना अनि विकास विभाग अन्तर्गत सिक्किम इन्स्पायरकी अतिरिक्त सचिव एवं कार्यक्रम निर्देशक रोहिणी प्रधानले कार्यक्रमको तयारीबारे विस्तृत जानकारी गराइन्।
उल्लेख्य, आगामी 7 र 8 मार्चको दिन रानीपुल नजिक सरम्सा उद्यान परिसरमा दुई दिवसीय अन्तरराष्ट्रिय महिला दिवस भव्यताका साथमा पालन गरिने छ। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्।
हिन्दुस्थान समाचार / बिशाल