रक्तचाप बढ़ेर बिमार भए जादवपुर विश्वविद्यालयका कुलपति भास्कर गुप्ता, अस्पतालमा भर्ती
रक्तचाप बढ़ेर बिमार भए जादवपुर विश्वविद्यालयका कुलपति भास्कर गुप्ता, अस्पतालमा भर्ती


कोलकाता, 05 मार्च (हि.स.)। जादवपुर विश्वविद्यालयमा जारी छात्र आन्दोलनबीच कुलपति भास्कर गुप्ताको स्वास्थ्य अचानक बिग्रिएको छ। कुलपतिलाई तीव्र रक्तचापको समस्या भएपछि बुधवार बिहान कोलकाताको बाइपासस्थित एक निजी अस्पतालमा भर्ती गरियो। डाक्टरहरू अनुसार उनको रक्तचाप लगातार 170/90 छेउछाउ पुगेको छ तथा मस्तिष्कमा रक्तश्राव भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ।

कुलपतिका परिवारले बताए अनुसा भास्कर गुप्तले गत शनिवारदेखि नै अस्वस्थ महसूस गरिरहेका थिए। डाक्टर अरिन्दम विश्वासले जानकारी दिए, औषधिले पनि उनको रक्तचाप नियन्त्रण भइरहेको थिएन। किनभने केही वरषअघि कुलपतिलाई सेरेब्रल अट्याक भइसकेको छ। त्यसैले सतर्कताको रूपमा उनलाई तत्काल अस्पततालमा भर्ती गरिएको छ।

यसबीच विश्वविद्यालय परिसरमा विद्यार्थी आन्दोलन लगातार चर्किँदै गइरहेको छ। आन्दोलनकारी विद्यार्थीहरूले कुलपतिलाई बुधवार साँझ 4 बजेसम्मको समय दिएका थिए ताकि उनी आएर विद्यार्थीहरूसित बातचित गरून्। विद्यार्थीहरूले चेताउनी दिएका थिए, तय समय सीमाभित्र बातचित नभए आन्दोलनलाई अझ व्यापक रूप दिइनेछ।

तथापि कुलपतिले स्पष्ट पारे, खराब स्वास्थ्यको कारणले उनी विश्वविद्यालयमा आउन सक्दैनन्। मेरो स्वास्थ्य अहिलेघरि ठिक छैन। डाक्टरहरूले मलाई पूर्ण आराम गर्ने सल्लाह दिएका छन्। मेरो स्वास्थ्य ठिक हुनसाथ र डाक्टरहरूले अनुमति दिएपछि म विश्वविद्यालयमा आउनेछु।

स्मरण गराइन्छ, गत शनिवार विश्वविद्यालयमा त्यसबेला बबाल भएको थियो जतिबेला राज्यका शिक्षामन्त्री ब्रत्य बसुमाथि विदयार्थीहरूले घेराउ गर्दा दुर्व्यवहार गरेको आरोप लाग्यो। यस घटनामा मन्त्री सहित दुईजना विद्यार्थीहरू पनि घाइते भए। आरोप छ, मन्त्रीको वाहनले एकजना विद्यार्थी घाइते भए भने अर्को विद्यार्थीको खुट्टामाथि वाहन गुढ़्यो। यस घटनापछि जादवपुर विश्वविद्यालयमा स्थिति तनाउपूर्ण भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande