नयाँ दिल्ली, 05 मार्च (हि.स.)। राज्यसभा सदस्य स्वाति मालिवालले बुधवार आम आदमी पार्टी (आआपा)- का संयोजक अरविन्द केजरीवालमाथि कटाक्ष गरिन्। उनले भनिन्, केजरीवालको लावा-लस्कर ट्रम्पको भन्दा लामो छ।
मालिवालले एक्समा एउटा भीडियो साझा गरेकी छन्। उनले भनिन्, जुन पञ्जाबका जनतालाई यति धेरै माया दिए उनीहरूबाटै केजरीवाललाई यतिधेरै डर लाग्छ? विश्वभरिकै भीआईपी कल्चरमाथि कटाक्ष गर्ने केजरीवाल स्वयंले आज डोनाल्ड ट्रम्पभन्दा लामो सुरक्षा घेरा लिएर घुमिरहेका छन्।उनले भनिन्, कजेरीवालले पञ्जाब जस्ता महान राज्यलाई आफ्नो सुख-सुविधाको साधनको माध्यम बनाएका छन्।
उल्लेखनीय छ, केजरीवाल गए मंगलवार विपश्यनाको लागि पत्नी सुनितासित पञ्जाबको होशियारपुर पुगेका थिए। आनन्द गढ़ गाउँस्थित धम्म धजा विपश्यना केन्द्रमा उनीहरू दश दिनसम्म बस्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा