कोलकाता, 05 मार्च (हि. स.)। आसनसोलको हस्तशिल्प मेलामा बुधवार अपरान्ह अचानक भयानक आगो लाग्यो। आगो द्रूत गतिमा फैलिएको कारणले क्षणभरमै केही पसलहरू जलेर खरानीमा परिणत भयो। यस घटनाको कारणले क्षेत्रमा कोकोहोलो मच्चियो। यस घटनामा व्यापक क्षति पुगेको आशंका व्यक्त गरिँदैछ।
खबर अनुसार आगो सबैभन्दा पहिला मेलाको एक खाद्य पसलमा लाग्यो। हेर्दा-हेर्दै आगोले छेउछाउका पसलहरूलाई पनि आफ्नो चपेटमा लियो। मेलामा काठ र बाँसले बनिएका सामानहरूको पसल अधिक रहेकाले आगोले भयानक रूप लियो। क्षेत्रमा चारतिर कालो धुँवा फैलियो।
स्थानीय पसलेहरूले आरोप लगाएका छन्, मेला परिसरमा आगो निभाउने कुनै व्यवस्था गरिएको थिएऩ। आगो लागेको लगभग 40-45 मिनटपछि मात्र दमकल वाहन घटनास्थलमा आइपुग्यो। समयमै दमकल आइपुगेको भए यति धेरै नोक्सान हुने थिएऩ।
एकजना व्यापारीले बताए, खानेकुराको पसलबाट आगो फैलिएको थियो। हामीले बाल्टीमा पानी ल्याएर आगोलाई निभाउने प्रयास गऱ्यौं, तर दमकल सममा आएऩ। लाखौं रुपियाँको नोक्सान भयो। एकजना महिला पसलेले भनिन्, दमकल आउन धेरै ढिलो गऱ्यो। हामी नै आगो निभाउन जुट्यौं।
स्मरण गराइन्छ, केही दिनअघि मात्र आसनसोलमा यस हस्तशिल्प मेलाको उद्घाटन भएको थियो। ठूलो संख्यामा व्यापारहरू आफ्नो पसल राख्न यस मेलामा आएका छन्, तर यस घटनापछि मेलाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठिरहेको छ। यो समाचार लेखुञ्जेलसम्म पनि दमकल वाहनहरूले आगो निभाइरहेका थिए। पुलिस अधिकारीहरूले पनि स्थितिमाथि निगरानी गरिरहेका छन्। आगलागीको कारण स्पष्ट हुन सकेको छैन।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा