रेखा गुप्ताले शालीमार बागका मानिसहरूको समस्या सुनिन्, अधिकारीहरूलाई निराकरणको निर्देश
रेखा गुप्ताले शालीमार बागका मानिसहरूको समस्या सुनिन्, अधिकारीहरूलाई निराकरणको निर्देश


नयाँ दिल्ली, 05 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज शालीमार बागको बीडब्ल्यू ब्लकमा दिल्ली जल बोर्ड, दिल्ली नगर निगम औ दिल्ली विकास प्राधिकरणका अधिकारीहरूसित निरीक्षण गरी जनताका समस्याहरू सुनिन् अनि त्यसको तत्काल समाधान गर्ने निर्देश दिइन्। उनले स्पष्ट पारिन्, सरकार नागरिक सुविधाहरूमा सुधार ल्याउन प्रतिबद्ध छ।

यस अवसरमा मुख्यमन्त्रीले पत्रकारहरूसित भनिन्, पछिल्लो सरकारको पिउने पानी, रूखहरूको छटाई तथा भत्किएका सड़कहरूसित सम्बन्धित सबै समस्याहरू लम्बित थियो। आज निरीक्षण गरिएका क्षेत्रहरूमा सबैभन्दा ठूलो समस्या भनेको पिउने पानीको छ। बुजुर्गहरूलाई रूखपातको छटाईले दुःखी हुन परिरहेको छ। यी समस्याहरूदेखि मुक्ति पाउने समय आइसकेको छ।

उनले भनिन्, दिल्लीका अधिकांश क्षेत्रहरूमा भुस्याह कुकुरहरूको ठूलो समस्या छ। पछिल्लो सरकारले यसमाथि कुनै ध्यान दिएऩ। भाजपा सरकारले अब यसमाथि विशेषज्ञहरूबाट सुझाउ लिनेछ। सरकारले यी समस्याहरूलाई लिएर यसरी काम गर्नेछ कि पशु अधिकारीमाथि कुनै समस्या नहोस्। दिल्लीवासीहरूले पनि यसबाट मुक्ति पाउनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande