जलदापाड़ा राष्ट्रिय उद्यानमा गैंड़ाको गणना शुरू
जलदापाड़ा राष्ट्रिय उद्यानमा गैंड़ाको गणना शुरू


अलिपुरद्वार, 05 मार्च (हि. स.)। जिल्लाको जलदापाड़ा राष्ट्रिय उद्यानमा गैंड़ाहरूको गणना शुरू भएको छ। यो गणना 6 मार्चसम्म जारी रहनेछ।

स्मरण गराइन्छ, गैंड़ाहरूको गणना हरेक दुई वर्षमा गरिन्छ। पछिल्लो गणना वर्ष 2022-मा गरिएको थियो भने त्यसताक जलदापाड़ा राष्ट्रिय उद्यानमा 292 वटा एक सिंग गैंड़ा पाइएको थियो। वन विभागले यस वर्ष यो संख्या बढ़्ने आशा व्यक्त गरेको छ। आजदेखि जलदापाड़ा एनआईसीमा आधिकारिक रूपमा गैंड़ागो जनगणना शुरू भएको छ।

जलदापाड़ाका डीएफओ प्रवीण कासवानले भने, गैंड़ाको गणनाको लागि 400 जना मानिसहरूलाई तैनाथ गरिएको छ जसमा 13 जना एनजीओका सदस्य सामेल छन् भने 70 वटा कुनकी हात्तीको सहयोग लिइँदैछ। गैंडा जनगणनाको लागि जलदापाड़ा राष्ट्रिय उद्यानलाई 65 वटा ब्लॉकहरूमा विभाजन गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande