मालदामा लुटपाट गर्ने योजना असफल, चारजना समातिए
मालदामा लुटपाट गर्ने योजना असफल, चारजना समातिए


कोलकाता, 05 मार्च (हि. स.)। मालदा जिल्लाको इंग्लिश बजार थाना क्षेत्रमा पुलिसले लुटपाटको ठूलो योजनालाई असफल बनाइदिएको छ। जिल्लाका एसपी प्रदीप यादवले बुधवार बताए, गुप्त सूचनाको आधारमा कारबाही गर्दै पुलिसले चारजना मानिसहरूलाई पक्राउ गरेको छ। यिनीहरूबाट देशी पाइप गन, जिउँदो कारतूस, धारिलो हतियार, फलामको रड र नायलनको डोरी सहित केही आपत्तिजनक सामानहरू जफ्त गरेको छ।

एसपीले बताए, गत सोमवार राती आरटी मोबाइल ड्यूटीमा तैनाथ पुलिस अधिकारीहरूलाई खबर प्राप्त भएको थियो कि गौड़बंगा स्टेशन नजिक ट्रक पार्किंग क्षेत्रमा 8-9जना मानिसहरूले लुटपाटको योजना बनाइरहेका छन्। सूचना पाउनसाथ पुलिस टीम घटनास्थलमा पुग्यो अनि सम्पूर्ण क्षेत्रलाई घेऱ्यो। राती लगभग 12:55 बजे छापा मारेर चारजना आरोपीहरूलाई पक्राउ गरियो भने अन्य आरोपीहरू अँध्यारोको मौका छोपी भाग्न सफल भए।

पुलिस अधिकारीहरू अनुसार पक्रा पर्ने आरोपीहरूबाट एउटा लोडेड गन, जिउँदो कारतूस, हँसिया, फलामको रड र नायलनको डोरी जफ्त गरिएको छ। प्रारम्भिक जाँचमा यिनीहरू सबै क्षेत्रमा ठूलो लुपटाप गर्ने दाउमा रहेको खुलासा भएको छ।

एसपी प्रदीप यादवले बताए, पक्रा पर्ने आरोपीहरूलाई अदालतमा पेश गरी पुलिस हिरासतमा राख्ने उजुरी गरिनेछ ताकि भगौड़ा अन्य आरोपीहरूको बारेमा पत्तो लगाउन सकियोस् र सम्पूर्ण गिरोहको भण्डाफोर गर्न सकियोस्। पुलिसले मामिलाको गहिराईपूर्वक जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande