वेस्ट बंगाल रेडियो क्लब देशभरि नै छायो, शोधमा राष्ट्रिय मान्यता प्राप्त
वेस्ट बंगाल रेडियो क्लब देशभरि नै छायो, शोधमा राष्ट्रिय मान्यता प्राप्त


कोलकाता, 05 मार्च (हि. स.)। पश्चिम बंगालको ह्याम रेडियो प्रेमीहरूको लागि ठूलो खबर आएको छ। आपदा प्रबन्धनमा आफ्नो महत्वपूर्ण भूमिका निभाउने वेस्ट बंगाल रेडियो क्लबलाई अब देशभरि नै शोधको क्षेत्रमा विशेष पहिचान प्राप्त भएको छ। क्लबका संस्थापक औ सचिव अंबरीश नाग विश्वासले बुधवार बताए, कोलकाताको विमेन्स क्रिश्चियन कलेजकी सहायक प्रोफेसर औ सेन्ट जेवियर्स विश्वविद्यालय, कोलकाताको पत्रकारिता एवं जनसंचार विभागकी पीएचडी शोधार्थी सुमन पात्रद्वारा लेखिएको शोधपत्र राष्ट्रिय स्तरमा प्रकाशित भएको छ।

अंबरीश नाग विश्वासले बताए, ह्याम रेडियोको माध्यमबाट आपदा तयारी औ न्यूनीकरण; अवसर तथा दायरा, भारत दृष्टि- 2047 को लागि एक रूपरेखा : पश्चिम बंगालको एक अध्ययन शीर्षकमा लेखिएको यस शोधपत्रलाई वर्ष 2024- को 29-30 अगस्तमा हरियाणाको कुरुक्षेत्र विश्वविद्यालयमा आयोजित सम्मेलनमा प्रस्तुत गरिएको थियो। यो सम्मेलन भारतीय सामाजिक विज्ञान अनुसन्धान परिषद (आईसीएसएसआर)- को सहयोगमा आयोजना गरिएको थियो। सम्मेलनमा चयनपछि यो शोध भारतीय आर्थिक जर्नलमा प्रकाशित पनि गरिएको छ।

यस शोधमा वेस्ट बंगाल रेडियो क्लबको आपदा प्रबन्धनमा सक्रिय भूमिका, भविष्यका सम्भावना तथा ह्याम रेडियोको माध्यमबाट समाजको लागि गर्न सकिने कार्यहरूको गहन अध्ययन गरिएको छ। अंबरीश नाग विश्वासको नेतृत्वमा क्लबद्वारा गरिएका प्रयास, अनुभव तथा दूरदर्शितालाई यस शोधमा मुख्य स्थान दिइएको छ।

अंबरीश नाग विश्वासले भने, यो हामी सबैको लागि अत्यन्त खुशी एवं गर्वको कुरा हो कि पहिलो पटक ह्याम रेडियो तथा आपदा प्रबन्धनको क्षेत्रमा पश्चिम बंगालको भूमिकामाथि यस प्रकारको शोध गरिएको छ। उनले यस सफलतालाई सबै रेडियो प्रेमी अनि सहयोगीहरूसित साझा गर्दै आभार व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande